यसपटकको गाईजात्रा पर्व मनाउन नपाउँदा वा भनौ गाईजात्रा कार्यक्रम गर्न नपाउँदा सारै खल्लो लागिरहेको छ । हाँस्य कलाकारको नाताले यो पर्ब भनेको हाम्रो लागि दशैँ जस्तै हो । बिगत १ दशक देखी म गाईजात्रामा राष्ट्रिय सभा गृह, प्रज्ञा भवन र नाचघरको हल हरुमा दमन रुपाखेती दाई लगायतका टिमहरु सँग कार्यक्रम हरु गर्दै आएको थिएँ । बिशेष गरेर प्रचण्डको भुमिकामा मलाई धेरै दर्शकहरुले मन पराइदिइ रहनु भएको छ–घनश्याम गौतम आफ्नो कुरा यसरी सुनाउँ छन ।
यस पटक कोरोना को महामारीले कलाकारलाई मात्र होइन बिश्व जगतलाईनै लक डाउन मा पारेको छप्रचण्ड ओलीको गाईजात्रा
यसपटकको गाईजात्रा पर्व मनाउन नपाउँदा वा भनौ गाईजात्रा कार्यक्रम गर्न नपाउँदा सारै खल्लो लागिरहेको छ! हाँस्य कलाकारको नाताले यो पर्ब भनेको हाम्रो लागि दशैँ जस्तै हो! बिगत १ दशक देखी म गाईजात्रामा राष्ट्रिय सभा गृह, प्रज्ञा भवन र नाचघरको हल हरुमा दमन रुपाखेती दाई लगायतका टिमहरु सँग कार्यक्रम हरु गर्दै आएको थिएँ! बिशेष गरेर प्रचण्डको भुमिकामा मलाई धेरै दर्शकहरुले मन पराइदिइ रहनु भएको छ–घनश्याम गौतम आफ्नो कुरा यसरी सुनाउँ छन ।
यस पटक कोरोना को महामारीले कलाकारलाई मात्र होइन बिश्व जगतलाईनै लक डाउन मा पारेको छ । यो पटक हाँस्य ब्यङ्ग गाईजात्रा कार्यक्रम प्रेक्षालय (हल)मा हुने छैन तर पनि यो हाँस्य ब्यङ्गको पर्व भएकोले बिभिन्न राजनितिक, सामाजिक,बिकृति, बिसँगति बिरुद्ध ब्यङ्ग प्रहार गर्न यसपटक घरमै बसेर दर्शकहरुलाई गाईजात्रा हेर्न पाउने भएका छन् कतै टेलिभिजनमा कतै यु ट्युब च्यानलहरुमा गाइजात्रा कार्यक्रम गरिएको छ । यस पटक नक्कली प्रचण्डका नामले परिचित लोकप्रिय कलाकार घनश्याम गौतमले दमन रुपाखेती र उत्सब केसीको गाईजात्रा“ वार कि पार“ उत्तम केसीको गाईजात्रा “ चुइ चुई पारेर“ दमन रुपाखेतीको गाईजात्रे प्रस्तुति“ खल्ली बल्ली“ त्यसै गरी मिडिया हबमा सुजित थापा डेभिड लगायतको टिमको गाईजात्र “देशको अँश बन्डा“ मा आफ्नो प्रस्तुति दिएका छन् भने “प्रचण्ड ओली“ को जोडी मिलेर कडा खबर अनलाइन मिडियामा “कडा खबर गाईजात्रा २०७७“ नाम दिएर राजनितिक घटनाक्रम लाई ब्यङ्गात्मक रुपमा प्रचण्ड र ओलीको कुर्सी टसनलाई बिभिन्न चरणमा प्रस्तुत गरेका छन । कडा खबर डट कम का सन्चालक तथा निर्माता चर्चित ढुङ्गेल सँगको समन्वय तथा सह कार्यमा यो पटक भिन्न तरिकाले प्रचन्ड ओली को गतिबिधि लाई ब्यङ्गात्मक तरिकाले प्रस्तुत गरएको छ जसमा ५ वटा प्रस्तुति रहेका छन् । प्रचन्ड ओली फोन बार्ता “ कुरी कुरी कुर्सी, अन्तरबार्तामै हानाहान, ओली प्रचण्ड दोहोरी, आउट अफ ट्र्याक, प्यारोडी गित र डान्स रहेका छन । कडा खबर डट कम को प्रस्तुति “ कडा खबर गाईजात्रा २०७७“ को ब्यवस्थापनमा रन्जु बस्नेत क्यामरामा कृष्ण पान्डे सम्पादनमा हरी कार्की निर्माता र सँयोजक चर्चित ढुङ्गेल र यसको लेखन निर्देशन भने घनश्याम गौतम( नक्कली प्रचण्ड) आँफैले गरेको छन् सुरक्षित भएर पर्व मनाउ । कोरोना बाट बचौँ र बचाउँ गाईजात्राको सबैलाई शुभकामना ।







