बाल गायक बिदुर शर्माको सुमधुर आवाजमा सजिएको कर्णप्रिय गीत आमा सार्वजनिक भएको छ ।
नौ बर्षिय बहु प्रतिभाका धनी गायक शर्माको स्वरले सजिएको उक्त गीतमा बिमला हुमागाईले निकै नै मार्मिक शब्द कोरेका छन् ।                                                 गीतको भिडियोमा समेत उनै गीतकार हुमागाई र गायक शर्माले जिवन्त अभिनय गरेका छन् । शर्मा र हुमागाईलाई भिडियोमा सचित्र उतार्ने काम भने छायाँकार मुकेश हुमागाईले गरेका छन् । गीतको भिडियोमा आफ्नो सन्तानको खुशीको लागि एउटी आमाले गरेको तमाम संघर्ष अनि पीडा मार्मिक ढंगले उतारिएको छ ।
गीतमा संगीत मनोज सांगसेन राईले भरेका छन् भने गीतको रेकर्डिस्ट सुरेश राई, मनोज सांगसेन राई रहेका छन् । राजु कार्कीले मिक्सीङ गरेको भिडियोमा श्रृङ्गार कविता तोलाङ्गीले गरेकी छिन् भने सम्पादन, कलरिङ प्रकाश एसकेले गरेका छन् । निकै नै उत्कृष्ट भिडियोको निर्देशन आदित्य बुढाथोकीले गरेका छन् ।
थुप्रै भिडियो निर्देशन गरिसकेका निर्देशक बुढाथोकीको निर्देशनमा बनेको भिडियोमा आमा र छोरा बीचको सम्बन्धलाई मार्मिक ढंगले उतारिएको छ । नौ बर्षको उमेरम नै मिठो गीत गाउनुका साथै उतिकै उत्कृष्ट अभिनय समेत प्रसंशायोग्य रहेको छ । भिडियो निर्देशन मार्फत शब्द र स्वरलाई रङ भर्ने कोसिस मात्र गरेको निर्देशक बुढाथोकीले जानकारी दिए । संसार कै सम्पूर्ण आमाहरु प्रति यो भिडियो समर्पित रहेको बुढाथोकी बताउँछन् ।  https://youtu.be/vG8uRfkE80g