काभ्रेपलान्चोक – नेपाली हाँस्यव्यङ्ग्य फिल्मी जगतका आम दर्शक तथा श्रोताका लागि हाँस्यव्यङ्ग्यको बेजोड मसला मिसिएको धारावाहिक टेलीचलचित्र “टेन्सन साफ” यही साउन १६ शुक्रबारबाट युट्युब छन्दे च्यानलबाट प्रदर्शन हुन गइरहेको छ ।

साना तथा ठुला दर्जनौ चलचित्र,टेलीचलचित्र साथै राष्ट्रिय,अन्तराष्ट्रिय जगतका फिल्मी मन्चमा १७ बर्ष भन्दा लामो अवधिदेखि योगदान दिँदै आएका चर्चित कलाकार गोपाल ढकाल छन्देले “टेन्सन साफ” टेलीचलचित्रलाई आफ्नो युट्युब छन्दे च्यानलबाट निरन्तरता दिने भएका छन् ।हर्कमान वाइबा (रिदम),रबिन भुषाल(कडा),राजेश महर्जन,सुर्यकला आचार्यको निर्माण संयोजनमा आउने “टेन्सन साफ” टेलीचलचित्रको लेखन तथा निर्देशन स्वयम् गोपाल ढकाल (छन्दे)ले गरेका छन् ।

एभरग्रीन वल्र्डवाइड इन्टरटेन्मेन्ट प्रा.लि को ब्यानरमा निर्मित हाँस्यव्यङ्ग्य सामाजिक धारावाहिक टेलीचलचित्र “टेन्सन साफ”मा चर्चित कलाकार श्याम राई,उद्धव प्रसाद भट्टराई,गोपाल ढकाल(छन्दे),गीता नेपाल,रोहित कार्की,प्रमिला राई,हर्कमान वाईबा(रिदम),रबिन भुषाल(कडा),आशिका अधिकारी,उमेश पाण्डे (उमिशा), शोभित वाईबा,मिठु माझी,राजेश महर्जन आदिले आफ्नो बेजोड प्रस्तुति पस्किएका छन् ।

गोपाल ढकाल छन्देको शीर्ष गीत लेखन बैकुण्ठ अधिकारीको एरेन्ज तथा संगीतमा कृण्ण भट्टरार्ई,उद्धव प्रसाद भट्टराई तथा गीता नेपालले स्वर दिएका छन् भने यस टेलीचलचित्र “टेन्सन साफ”मा पाश्र्व संगीत धनु ग्याङ्ग्मीको रहेको छ । छायांकन हर्कमान वाईबा(रिदम),श्रृँगार अनु अधिकारी, उमेश पाण्डे(उमिशा),सम्पादन गोपाल ढकाल(छन्दे),प्रोमो,पोस्टर,भि.एफ.एक्स दिन्शन शाहको रहेको छ ।

“टेन्सन साफ” हाँस्य व्यङ्ग्य सामाजिक धारावाहिक टेलीचलचित्रमा भाग १ देखि भाग ९ सम्मको छायांकन स्थल मूलरुपमा मकवानपुर जील्लाको बस्तीपुर क्षेत्र र आंशिक रुपमा काठमाण्डौ रहेको छ ।

नेपाली जनजीवन,सामाजिक,पारिवारिक,राजनीतिक तथा आर्थिक सम्बन्धका विकृतिजन्य हासपरिहासको चित्रण गर्न, हाँस्यव्यङ्ग्यका माध्यमबाट समाजको साङ्गोपाङ्गो चित्रण गर्नु,प्राकृतिक तथा मानव सिर्जित समस्याबाट आक्रान्त आम नागरिकका पीडामा हाँस्यको मलम लगाउनु र स्थापित कलाकारका माध्यमबाट नवोदित कलाकारलाई मन्च सिर्जना गर्नु यस हाँस्यव्यङ्ग्य “टेन्सन साफ” को मूल उद्देश्य रहेको छ ।

टेन्सनबाट आक्रान्त वर्तमान नेपाली समाजलाई हाँस्यको मलमपट्टी लगाई हाँसीखुशी आफ्नो दैनिकी संचालन गर्न यो टेलीचलचित्रले महत्वपुर्ण भूमिका निर्वाह गर्ने कुरामा आम दर्शकको अपेक्षा स्वभाविक रुपमा रहेको छ । “टेन्सन साफ”ले सबैको टेन्सन साफ गर्न सकोस् हाम्रो शुभकामना ।