काभ्रेपलान्चोक – महिलाहरुको हरितालिका तिजको शुभकामना सहित तीज पर्व नजिक गर्दा नेपाली सांगीतिक क्षेत्रमा नयाँनयाँ गीतहरु बजारमा आउने क्रम जारी छ । यसै क्रममा लरक्कै सारी बोलको गित सार्वजनिक भएको छ।

गुराँस मिडियाको प्रस्तुतिमा लरक्कै सारी बोलको तिज गित सार्वजानिक भएको छ । बिगत वर्ष देखि निरन्तर हरितालिका तिजको अवसर पारेर मन बहादुर सतसकर , सरस्वती सापकोटा र लक्ष्मी खत्रीको आवाजमा बजारमा आएको छ ।

सुरज बुढाथोकीको लय तथा शब्द रहेको गीतको निर्देशन शिशिर बुढाथोकीले गरेको हुन् । म्युजिक भिडियोमा सुबास बजगाई, लक्ष्मि बिसु, सरु, सुरेस र उषाको अभिनय रहेको छ ।
गितलाई सगर गौतमले छायांकन गरेका छन भने भिडियो सम्पादन प्रकाश एसके ले गरेका छ्न । उक्त गीतको भिडियो गुराँस मिडियाको युटूब च्यानलबाट सार्वजनिक गरिएको छ ।   https://www.youtube.com/watch?v=5dD22pjzDVw&feature=share