गायिका इन्दिरा भट्टराईको स्वर तथा संगीत निर्देशनमा ‘नाचौं गाऔँ रमाऔ  तीज गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

सुमन कुमार श्रेष्ठद्वारा निर्देशित उक्त गीतको भिडियोलाई राजु केसी तथा सूर्य महर्जनले संयुक्त रुपमा छाँयाकन गरेका हुन् ।

भिडियोमा अभिनेत्री तथा समाजसेवी नीतु कोईरालाको अभिनय तथा नृत्य हेर्न सकिन्छ भने तेजस्वी कला केन्द्र एण्ड मिडियाले विशेष सहयोग गरेको छ ।