काभ्रेपलान्चोक – साउन आउन अब केही दिन मात्र बाँकी रहेको छ । साउन महिनामा महिलाहरुको हरितालिका तिज पर्व नजिकिदै गर्दा तिज गितहरु पनि आउने क्रम जारी छ । धेरै वटा चर्चित गितहरु बजारमा सार्वजनिक गरिसक्नु भएको गायक अमृत भारतीले यस वर्ष पनि `बेसारे माया´ बोलको तिज गित आज सार्वजनिक गर्नु भएको छ ।
`बेसारे माया´ बोलको तिज गितमा गायक अमृत भारती र रामुना कार्कीको आवाज रहेकोे छ । गितमा शब्द संगीत अमृत भारतीको नै रहेको छ भने कोरसमा राम कुमार नेपाली, बिरेन्द्र, आशा, निर्मलाको आवाज रहेको छ ।
गितमा कृष्ण बिकेको ऐरेन्ज रहेको छ भने चर्चित मोडल सन्जिव ठकुरी र रामुना कार्कीको अभिनयमा आज मात्रै सार्वजनिक गरिएको छ ।लिगेश भट्टराईको निर्देशन रहेको छ भने बिरेन्द्र भाटले गितको छायांकन गरेका छ्न । मेकप उर्मिला लामाको रहेको छ ।







