आमा मलाई जन्म दिएर
यो सुन्दर संसार देखाउनु भयो
यो भुमिमा पाईला टेकाई
कर्म गर्न सिकाउनु भयो !!

आमा तिम्रो माया र मिठो सम्झना
आउँछ आँखा वरिपरि
आमा तिम्रो न्यानो माया
सम्झन्छु म घरिघरि !!

घाम जत्तिकै प्यारा छन्
तिम्रो न्यानो माया र मिठो सम्झना
हिमाल जस्तै सुन्दर छन्
तिम्रो विचार र भावना !!

म भुल्ने छैन आमा
तिम्रो अर्ति र उपदेश
म सम्झी रहनेछु आमा
तिम्रो अमुल्य सन्देश !!

तिम्रो न्यानो माया
साथमा बोकी मुस्कुराउने छु म
एक सुन्दर फुल बनि
आफ्नै सुन्दर संसार सजाउने छु म !!

आमा मलाई जन्म दिएर
यो सुन्दर संसार देखाउनु भयो
यस धर्तीमा पाईला टेकाई
हात समाई हिड्न सिकाउनु भयो !!

तिमी जस्तो अरु कोहि हुन्न आमा
दुखमा सुखमा साथ दिने मेरी आमा
मेरो आँखाको आँसु पुछिदिने
खुशीमा म संग संगै रमाउने
यो संसारको सबै भन्दा सुन्दर मेरी आमा !!