काभ्रेपलान्चोक – अगाडि बर्षको तीजमा तहल्का मच्चाएको सुपरहिट तीज गीत पातली को अत्याधिक सफलता पछी चर्चित गायीका कला लम्सालले यस बर्षको तीजको कोसेली पातली २ लिएर बजारमा आएकी छिन सर्जक शिव हमालको लय तथा शब्दमा कला लम्सालकै युटुव च्यानलबाट सार्वजनिक भएको उक्त गीतले नेपाली सांगीतिक बजार तताएपछी यस बर्ष पनि त्यस्तै टिपिकल शव्दमा सजिएको गीत पातली २ लिएर गायीका लम्साल बजारमा आएकी हुन् । सुन्दर पर्यटकीय स्थल पोखराको लेकसाइडमा छायांकन गरिएको तीज गीत पातलीमा गायिका कला लम्साल र दिपासा बिसीको नृत्य रहेको छ। प्रकाश भट्टले निर्देशन गरेको पातली २ गायीका कला लम्सालको आफ्नै युटुव च्यानलबाट सार्वजनिक भएको छ ।