बनेपा – काभ्रेपलान्चोक जिल्लाको बेथान्चोक – २ मा जन्मनुभएको गायक किरण गौतम विश्वमा फैलिएको कोरोना भाइरस महामारीको अवस्थामा पनि आफ्नो दर्शक श्रोताहरु लाई मनोरञ्जन दिने र सोचाइ परिवर्तन गराउने उदेश्यले गितहरु बजारमा ल्याइरहनु भएको छ गौतमले धेरै चर्चित गितहरु गायका छ्न काभ्रे जिल्लाको शिर उच्च राख्ने काम मात्र होइन आफ्नो जिल्ला लाई सबै माझ चिनाउन गित बाट नै जिल्लाको बयान गरिएका धेरै गितहरु युटुवमा देख्न सकिन्छ जसले गर्दा पनि पनि किरण गौतमको गितहरु लोकप्रिय छ्न । प्रस्तुत छ नव क्षितिज साप्ताहिकका लागि अरबिन्द्र गौतमले गायक किरण गौतमसँग गरेको छोटो कुराकानी ;
० विश्वभरी कोरोना भाइरस फैलिएको अवस्थमा तपाईं केमा ब्यस्त हुन्छ ?
महामारीले देश नै लकडाउन छ!खसै त्यस्तो विशेष त छैन, अलिअली नयाँ सृजना गर्ने कोसिसमा छु! केही नयाँ कुराहरु सिकिरहेको छु! यस्तै छ भनम्!
० दिन प्रतिदिन कोरोना भाइरस संक्रमितको संख्या बढदै छ यस्तो अवस्थमा कलाकारको भुमिका के रहन्छ देश प्रती ?
भुमिका हरेक नागरिकको उत्तिकै रहन्छ! सबैले महामारिको बेला लागू गरिएका नियमहरु पालना गर्नु पर्छ! र कलाकारको हकमा गित संगित कै माध्यम बाट भएपनी केही सचेतना मुलक सामाग्रीहरु प्रस्तुत गर्न सकिन्छ! कलाकर सँग सम्बन्धित धेरै संघ संस्थाहरु पनि छन् संथागत रुपमा पनि धेरै कुराहरु गर्न सकिन्छ! यस्तै होला जस्तो लाग्छ! म पनि सिक्दै छु धेरै कुरा हरु जानेको छैन बुझेको छैन!
० कम्जोर तथा विपन्न वर्गलाई कलाकारले कस्तो सहयोग गर्न सक्छन् ?
वास्तव मै भन्ने हो भने कलाकार भित्रै पनि विपन्न वर्ग धेरै छन् ! कलाकार भित्रका बिपन्न वर्गहरुको लागि केहि हुन सकेको छैन, छ जस्तो लागेको पनि छैन! धेरै कलाकारहरु कलाकारिता क्षत्रै बाट पलायन भैसके ! हुने क्रममा पनि हुनुहुन्छ! झन हामी त नयाँ मान्छे, त्यहीँ पनि भेगिय हिसाबले चिनिन्छौँ।धेरै चल्नुभएका कलाकारहरु ले गर्दै आउनु भएको छ! त्यही नै त होला! अग्रज लाई हेरेर सिक्ने त हो हामिले!
० महामारीले मानिसको जिवनमा निकै प्रभाव पारेको बेला गित संगीतमा कतिको असर पारेको देख्नु हुन्छ ?
देश नै शिथिल अवस्थामा चलिरहेको बेला, असर त परिनै हाल्छ! तै पनि नयाँ गितहरु आउन सुरु भैसक्यो! बिस्तारै माहोल ठिक हुँदै जान्छ नि! आशा गरम न परिस्थिती छिटै सामान्य होस!
० कलाकारहहरु अब छिटै पहिलाको जनजीवन स्थितिमा आउन सक्लान् त ?
सायद आउनुहुन्छ होला! कोहि आउनुहुन्छ होला, कोहि ले छोड्नु हुन्छ होला! कोहि बिचमै रहनु होला! अपेक्षा अनुसारको लगनसिलता हो जस्तो लाग्छ! जनजिवन पहिले जस्तै नभएपनी बरु कम्प्रमाइज गर्ने तर कलाकारिता छोड्न नसक्ने धेरै हुनुहुन्छ जस्तो लाग्छ! समय त लाग्ला नि स्थिती पहिले झैँ हुन! कोहि के नै भको छ र भन्ने पनि हुनहुन्छ! यस्तै हो बुझम न मिलाएर! भनेनी कलाकार भित्रका विपन्न वर्ग लाई हो सवै समस्या ।
० पछिल्लो समयमा तपाईंको गितहरु बजारमा त्यति देखिदैन नि ?
गितहरु आउने क्रम मै छन्! तयार भएर बसेका दुई वोटा गितहरु लकडाउनले रोकियो र अलिअली पातलो पनि गरेकै हो ! एतिकै हावा भरमा भन्दा पनि अलि मेहेनत गरेर अलि दर्सक स्रोतालाई मन पर्ने खाल्का सृजनाहरु कसरी तयार गर्न सकिन्छ भनेर सिकिरा छु प्रयास गरिरा छु! अलिकती प्रतिस्प्रधात्मक रुपमा आफुलाई बिकास गरिराको छु! ढिलो तर कडा होस न भनेर हो के! हाहाहा
० हाल सम्म कति वटा गित गाउनु भयो ? सबै भन्दा चर्चाको गित कुन हो ?
धेरै त छैन! १० वोटा गाएँ! काभ्रे जिल्ला मायाको लालकिल्ला धेरै जनाले मन पराइदिनु भयो! सवैलाई धन्यवाद भन्न चाहन्छु!
० तपाईं आफ्नो जिल्लाको कलाकार भन्दा अन्य जिल्लाको कलाकार सँग नजिक हुनुहुन्छ किन ?
जहाँ आत्मियता धेरै हुन्छ, सम्बन्ध त्यहिँ नजिक हुने त होनि! यो जिल्ला त्यो जिल्ला भन्ने हुन्छ र? जसले तँ गर्न सक्छस् गर्नु पर्छ है भन्छ उसै संग नजिक भैन्छ नि! भने आफ्नै घरको कुरा गरेजस्तो दिनभरी गित बजाएर नाचेर बेल्का भएसी को हो? त्यो नाम गरेको कलाकार नि छ र? भन्ने भन्दा त बाबू तैँले गर्नु पर्छ है भन्ने नै नजिक लाग्दो रैछ के! हजुरलाई मात्र भनेको है सुटुक्क अरुलाई नभन्नु नि! रिसाउंछन के! हाहाहा
० गित संगीतको अलावा अरु केही काम गर्नु हुन्छ ?
नगरी काम पुग्दैन नि त खान! काम त गरिन्छ नै! तर गित संगित भित्रै को हो! बाहिर छैन!
० अन्तमा ?
मान्छेहरु चिन्तामा छन । तनाबमा छन । परिस्थिति अर्कै छ । सायदै यस्तो लकडाउन थिएन होला बिगतमा! त्यसैले अब देशलाइ पुरानै अबस्थामा फर्किनको लागि गित संगीत सशक्त माध्यम बन्नु पर्छ,गित र संगीतले नै यतिबेला मान्छेलाइ उत्प्रेरणा जगाउनु पर्छ । मान्छेको दिल र दिमागमा आनदन्दको बिज उमार्नु पर्छ । सुखद अनुभुति दर्साउनु पर्छ!, हाम्रो नेपालि ग्रामिण जनजिवन कृशि र पशुपालन लगायतका काम लाइ उच्च समान गर्नु पर्छ । मेला पर्म लेक बेशि चौतारि सबै माझ भाइचारा र मितब्यता हाम्रै लोक भाकाहरुको माध्यम बाट कायम राख्नु पर्छ । भौतिक सुख सुबिधा र घर परिवार र जन्मेको आगन पिडि धारा पधेर बिर्सेर शहरमा कस्ट्कर जिवन जिउनेहरुलाइ केहि सिकाउन पर्छ । गर्नु धेरै छ । कलाकारले कलाकार हुनको लागि आफुलाइ तयार पार्नु छ्। महामारिको समयमा सवैजना लाई घरमै सुरक्षित रहनुस् भन्दै यहाँ हरुकै मायाले यहाँ सम्म पुगेको छु! मान्छेको जात न जति भए पनि नपुग्ने रैछ के, अझै माया, साथको अपेक्षा गर्दै यति कुरा राख्न योग्य ठानेर सम्झिनु हुने प्यारो मान्छे अरबिन्द्र सर लगायत सम्पुर्ण नवक्षित साप्ताहिक परिवार लाई धन्यवाद भन्न चाहन्छु!







