काभ्रेपलान्चोक – यस वर्ष कक्षा ११ को पनि वार्षिक परीक्षा नहुने भएको छ ।
यो परीक्षा वैशाख २१ गतेबाट गर्ने तय भएको थियो । तर कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण परीक्षा हुन सकेन । अब आन्तरिक मूल्यांकनबाट विद्यार्थीहरुलाई प्रमाणपत्र दिइनेछ ।
यसअघि कोरोना संक्रमणको जोखिमका कारण माध्यमिक शिक्षा परीक्षा (एसईई) पनि नगर्ने निर्णय भएको थियो







