अरबिन्द्र गौतम / काभ्रेपलान्चोक
काभ्रेपलान्चोक – बनेपा पछिल्लो समयमा विश्वभरी नै भाइरल भएकी बाल गायिका आयुषा गौतम पहिलो तिज गित अस्ति बाट S3K Entertainment को अफिसियल युटुब च्यानलबाट सार्वजनिक भएको छ
काभ्रेकी ८ वर्षिय आयुषा गौतम लोकदोहोरी लाईभबाट मिडियामा आएकी हुन् । दर्सक स्रोताको नजरमा परेकी गौतम पछिल्लो समयमा निकै भाइरल भएकी छिन् ।
आयुषा गौतम,गिता देवि र हेमन्त कान्छा रसाईलीको सुमधुर स्वरमा”बिधुवा”बोलको लोकदोहोरी तिज गीत बजारमा आएको हो ।
लाईभ दोहोरिसंगै गतसाल आयुषा गौतमको स्वरमा पहिलो गित”फुली नाकैमा”बजारमा आए पछी झन् चर्चामा आएकी छन । सो गित पनि करोड कल्बको नजिक पुग्न लागेको छ । यो गित आयुषा गौतमको दोश्रो गित हो यसले पनि सफलता पाउनेमा उनि बिश्वस्थ छिन ।
यस गीतको परिकल्पना तथा शब्द सतिश अधिकारीको रहेको छ भने संगीत तथा एरेन्ज हेमन्त कान्छा रसाईलीले गर्नु भएको छ । यो गितमा हाम्रो समाजमा घटेका समसामयिक घटनालाई मध्येनजर गर्दै गित बजारमा ल्याएका छन् ।
यस गीतको भिडियोलाई देबेन्द्र कुवरले निर्देशन गरेका छन् भने सम्भु चालिसेले खिचेका छन् । भिडियोको सम्पादन भने सुजन शाहीले गरेका छन् । म्युजिक भिडियोमा गायिका गीता देबिले विधुवाको रोलमा अभिनय गरेकी छन् । साथमा छोरी उनी गायिका आयुषा गौतमले अभिनय गरेकी छन् । साथै लोकप्रिय मेरी बासैका कलाकार सुरविर पण्डित,रामचन्द्र अधिकारि र लक्ष्मी गिरीको अभिनय रहेको छ ।







