काभ्रेपलान्चोक – पछिल्लो समयमा मोडलिङ क्षेत्र बाट आफ्नो छुट्टै पहिचान बनाउन सफल मोडल सन्जीव ठकुरी यतिबेला विश्व नै कोरोना भाइरसले आक्रान्त भएको समयमा सम्पुर्ण दर्शक श्रोताहरु लाई मनोरञ्जन दिने डर त्रास लाई टाढा राख्ने हेतुले
`ए है रेशम´ बोलको लोक गित लिएर बजारमा आएका छन ।

महामारीको समयमा पनि अरु कलाकार भन्दा फरक सोचले गित बजारमा ल्याएको हो । देश तथा बिदेशमा रह्नु भएको सम्पुर्ण नेपालीहरु लाई मनोरञ्जन दिएर सबैको आत्माबल, विश्वास, शक्ति, सोचाइ परिवर्तन गर्न र मनोरञ्जन तिर लगेर भाइरस हाटाउने उदेश्यले गित बजारमा ल्याएको बताउछन् ।

अभिनय गर्दै मोडलिङ क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल सन्जीव ठकुरिको निर्देशनमा `ए है रेशम´ बोलको गित सार्वजनिक हो । माहामारि फैलिरहेको अबस्थामा पनि आफ्नो कार्यलाई निरन्तरता दिदै गित सार्वजनिक गरेका छन ।

गीतमा स्वर दिनेश भुजेल र पार्वती कार्कीको रहेको छ भने गीतमा शब्द संगीत पनि दिनेश भुजेलको नै रहेकोे छ। एरेन्ज बिष्णु तामाङ्को छ भने गितको छायांकन सागर गौतमले गरेका छ्न ।

भिडियो निर्देशन सन्जीव ठकुरीले गरेका छन भने रोशन धितालले भिडियोको सम्पादक गरेका छन यस्तै गितमा अभिनय सन्जीव ठकुरी र अर्चना काउचा मगरको रहेको छ । भिडियो निर्माता लक्ष्मि कार्कि र उत्पादक वितरक भिमेश्वर डिजिटलले गरेको छ ।