काभ्रेपलान्चोक – लकडाउनकै बिचमा एड्भेन्चर स्टार गौतम खाती तथा मोडेल निवा खाजुम अभिनित ‘यो मुटुमा तिम्रो नाम’बोल रहेको गीतको म्युजिक भिडियोको शुटिङ सम्पन्न भएको छ ।
लकडाउनका कारण मानिसहरू रोगले भन्दा नि भोकले मर्ने अवस्था आउने कुरा एका तर्फ त छँदैछ, तर त्यो भन्दा पनि बढी मानिसहरूमा लामो समय सम्म घरमै बस्नु पर्दा बढी मानिसहरूमा मानसिक तनाव हुने गरेको पाईन्छ। यसलाई मनन गर्दै एड्भेन्चर स्टार गौतम खाती र उनको टिमले घर बसेर मानसिक तनाब लिनु भन्दा बरु काम गर्दा यस्ता कुराहरुबाट टाढा भईन्छ भन्दै लकडाउनकै बिचमा सामाजिक दुरी कायम गर्दै एउटा म्युजिक भिडियोको छायांकन पूरा गरेका छन ।
निर्देशक सियोन श्रेष्ठले भिडियोलाई निर्देशन गरेका छन भने सिनेम्याटोग्राफर केशव विश्वकर्माले काठमाण्डौको मनोरम दृश्य भित्र गीतको भावलाई कैद गर्न खोजेका छन त्यस्तै भिडियोमा सन्ध्याको मेकअप रहेको छ भने आर्यन खडकाले सम्पादन गर्नेछन ।
रोमन्टिक शैलिमा रहेको गीतका गायक गायिका मोहन मगर र दिपा लामा हुन । यसमा गायक मोहन मगरकै संगीत र शब्द रहेको छ भने गीतलाई पुषकर सुनुवारले एरेन्ज गरेका छन ।म्युजिक भिडियोलाई छिट्टै नै बजारमा रिलिज हुने कुरा निर्माण पक्षले बताएका छन ।







