वृक्षारोपण गरे हुन्छ सधै हराभरा
रोप्नुपर्छ बोटबिरुवा पाखा पखेरा !!

रोप्नुपर्छ बोटबिरुवा घर वरिपरी
स्वछ हावा बग्छ सरर, तिम्रो वरिपरी !!
रोप्नुपर्छ सबै मिलिजुली साना साना बिरुवा
खालि ठाऊँ, डाडा काडा, भर्नुपर्छ थरी थरी बोटबिरुवा !!

हरियाली डाडा काडा हुन्छ रमाईलो
स्वछ हावा सरर, बाताबरण हुन्छ हेर्न रमाईलो ! !
कोईली पनि रमाई रमाई गाउँछ गीत आफ्नै भाकामा
मयुर पनि नाँच्छ यहाँ, मयुरपँखी सुन्दर प्वाखमा !!
बाताबरण स्वछ भए हामी हुन्छौ निरोगी
स्वछ भै बाच्नुपर्छ हामी नेपाली !!

प्राकृतिक सुन्दरताले भरिएको हाम्रो देश नेपाल
शिरिषको फुल ढकमक्क फुलेको शहर नेपाल !!
स्वछ सुन्दर मनमोहक दृश्य हेर्न
आतुर छन् सारा नेपालीको मन
बाताबरण स्वछ भए ,
रमाऊछ नेपालीको मन !!
वृक्षारोपण गरे हुन्छ सधै हराभरा
रोप्नुपर्छ बोटबिरुवा, पाखा पखेरा !!