काभ्रे – नेपालका ७ जिल्ला अहिलेसम्म कोरोना सङ्क्रमणबाट सुरक्षित रहेका छन् ।
प्रदेश १ र गण्डकीमा दुई-दुई जिल्ला तथा वाग्मती, प्रदेश ५ र कर्णालीमा एक-एक जिल्ला सङ्क्रमणबाट सुरक्षित रहेका हुन् । स्वास्थ्य मन्त्रालयको तथ्याङक अनुसार प्रदेश १ का इलाम र ओखलढुङगा, वाग्मतीको रसुवा, गण्डकीको मनाङ र मुस्ताङ, प्रदेश ५ को रोल्पा र कर्णालीको रुकुम पश्चिममा कोरोनाको सङ्क्रमण देखिएको छैन ।
शुक्रबार कर्णालीको हुम्ला र गण्डकीको गोरखा र कास्की तथा हिजो कर्णालीकै जाजरकोट र डोल्पामा पहिलो पटक कोरोना सङ्क्रमण भेटिएको हो । योसँगै नेपालमा ७० जिल्लामा कोरोना सङ्क्रमित भेटिएका छन् ।
प्रदेश नम्बर २ का सबै ८ जिल्ला र सुदूरपश्चिमका ९ वटै जिल्लामा सङ्क्रमण फैलिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार हिजो थप ३ सय २३ जनामा कोरोना भेटिएसँगै नेपालमा कोरोना सङ्क्रमितको संख्या ३ हजार २ सय ३५ पुगेको छ ।







