रामेको सम्पत्तिको नाममा विकट गाउँमा सानो बारी रहेको थियो उसको श्रीमती र छोरा गरि ३ जनाको परिवार थिए ।
उनले घर खर्च चलाउनका लागि दिनभरि ठुलाबडाको घरमा काम गर्ने गर्थे, उसको श्रीमती पनि अरुको घरमा लुगा धुने, घर सफा गर्ने काम गरछिन, उनीहरूले दुख देखाउदैन छोरालाई जे चाह्ययो त्यो र्पुयाउने गर्दथ्यो मानौ कि उनीहरुले छोरालाई सबै कुरा र्पुयाउन सक्षम छ ।
छोरालाई घरमा भएको आर्थिक समस्यालाई व्यवहारिक र भावनात्मक रुपमा कहिल्यै बुझ्न चाहिएन रामे र उसको श्रीमतीको आशा थियो कि छोरा भविष्यमा राम्रो काम गरेर नाम र दाम कमाइयोस छोराले केही गल्ती गरेमा गाली गर्नुको सट्टा सानै छ भनेर चुप लाग्छन् उनीहरुको आशय यो थियो कि हाल सानै छ पछि ठुलो भएसी सबैभन्दा ठिक हुन्छ । स्कुले जीवन सम्म त उसको पढाइ पनि मध्यम नै थियो जब क्भ्भ् दियो उसको उमेर पनि १७ वर्ष अब उसले कलेज जीवनमा प्रवेश गर्यो कलेज जीवनमा उसले आवस्यकता भन्दा बढी खर्च गर्न थाल्यो र बढी पैसा माग्न थाल्यो ।
एक्लो छोरा त हो जसरी पनि उसले भनेजति पैसा पुर्याउथे, भ्याएसम्म आफ्नै र नभ्याए सरसापट गरेर भएपनि मागेजति पैसा पुर्याउने गर्दथे ।
समय राम्रो नै चलिरहेको थियो उनीहरुले छोरालाई ५ वर्षसम्म माया गरेर राख्नुपरथ्यो त्यो जिम्मेवारी कर्तव्य मज्जाले निभायो ५–१६ वर्षसम्म दबाबमा राख्नुपर्थो तर त्यो गरेन उनीहरुले ५–१६ वर्षको समय पनि जन्मेदेखी ५ वर्ष उमेरकै जसरी हुर्कयो ।
उनीहरुले सोचेको थियो छोराले ठूलो भएपछि नाम अनि दाम दुबै कमाउने छ अनि तर छोरा त्यस विपरीत गइरहेको थियो, कक्षा ११ को रिजल्ट आयो त्यसमा अधिकांश विषय लाग्यो, कक्षा १२ को परिक्षामा त पुरै माधक पदार्थ सेवन गरेको कारणले उसले परीक्षा नै दिन सकेन ।
जब उसको छोराको समिपमा कोही पुग्थे उसलाई लाग्थ्यो यो मान्छेसँग त उसलाई जिन्दगीभरको लागि भेट्नु नपरे हुन्थ्यो लाग्थ्यो किनकि उनको छोरालाई मादक पदार्थ सेवन मुखभरि अश्लील शव्द बोलेर झगडा गर्न तम्सिहाल्थ्यो एकदिन उसको छोरासँग रमेशको को ठुलो भन्ने बिषयमा झगडा हुन पुग्छ र रमेशले अनेक तर्क, उपहास गरि आफु ठुलो भन्ने देखाउछ तर उसको छोरालाई आफु रमेशभन्दा तल परेको सहन सक्दैन र उसले छोरालाई के चाहियो कानो आँखो भनेझै वियरको बोतल फुटाएर शिशाले घाँटीमा छोप्न पुग्छ र रमेशले श्वास फेर्न नसकी रमेशले त्यहीँ प्राण त्याग्न पुग्छ र त्यहाँ प्रहरी आउछन् र हतकडी लगाएर थानामा लग्छन् ।
जुन कुरा सुनेपछि रामे र उसको श्रीमती छाँगाबाट खसेको जस्तो भान हुन्छ, अदालतले उसको छोरालाई ज्यानमारा मुद्दामा फैसला सुनाउँछ ।
जुन फैसलापछि बुढेसकालमा आफ्नो स्याहारसुसार गर्ने आफ्नो छोराले नाम र दाम कमाउने आशा राख्ने नाता नातिना खेलाउने रहर साँचेको रामे र उसको श्रीमतीको सपनामा तुषारापात लाग्द छ ।

(लेखक–अशोक बुद्ध लामा (गुरु)रो,शी साहित्य मञ्चको सचिव हुनुहुन्छ)