काभ्रेपलान्चोक – नेपालमा थप एक सय ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोराना संक्रमित व्यक्तिहरुको संख्या एक हजार पाँच सय ६७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ, विभिन्न प्रादेशिक प्रयोगशाला र अस्पतालका प्रयोगशालामा गरिएको परीक्षणमा आज मात्रै एक सय ६६ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ।

देशभरीमा दुई सय २० जना कोरोनालाई जितेर डिस्चार्ज भईसकेका छन्। नेपालमा कोरोना भाइरस बाट मृत्यु हुनेको संख्या भने ८ पुगेको छ ।