बनेपा – कलाकार, चलचित्र निर्माता बिक्रमजंग शाह काेभिड १९ हिराे अवार्डबाट सम्मानित भएका छन् ।
शाहलाई काेराेना भाइरसका कारण लकडाउनमा अलपत्र परेका, हातमुख जाेर्न मुस्किल परेकालाई राहत उपलब्ध गराइ उल्लेख्य याेगदान पुर्याए बापत हामी नेपाली ग्लाेबल संस्थाले उक्त अवार्डले सम्मान गरेको हाे । राष्ट्रिय संगीतकर्मी संघका महासचिव तथा विपद व्यवस्थापन समितिका संयोजक चलचित्र निर्माता, युवा समासेबी गायक शाह कोभिड १९ हिरो अवार्डबाट सम्मानित भए पश्चात अझै समाजसेवामा लाग्ने प्रेरणा मिलेको बताउँछन् ।
बिश्व महामारीको रुपमा फैलिएको (कोभिड १९) कोरोना भाइरसका कारण विपतमा परेका कलाकर्मी, रंगकर्मी, भिन्न क्षमता भएका व्यक्ति, बालबालिका, महिला, असहाय, बिपन्न, मजदुर लगायतका बिभिन्न पेशा व्यवसाय गरी बस्ने व्यक्तिहरुलाई बिभिन्न संघ संस्थाको सहयोग र राष्ट्रिय संगीतकर्मी संघको समन्वयमा राहत उपलब्ध गराउन उपत्यका लगायतका क्षेत्रमा आफ्नो ज्यानको प्रबाह नगरी अहोरात्र खटिई सहयोग गरेको हुनाले सम्मान स्वरुप सो अवार्ड प्रदान गरिएको छ ।
सो सम्मानबाट आफुलाई सामाजिक काममा लाग्न प्रेरणा मिलेको र आगामी दिनमा पनि निरन्तर रुपमा मानविय सहयोगका लागी समर्पित हुने शाहको प्रतिवद्धता रहेको छ ।







