बनेपा, विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरस संक्रमण रोकथाम तथा नियन्त्रणमा सहयोग पुर्याउने उद्देश्यले नेपाली काँग्रेस काभ्रेले काभ्रेका सबै स्थानीय तहहरुमा पिपिई र मास्क वितरण अभियान अन्तर्गत बुधबार धुलिखेल नगरपालिकामा बितरण गरेको छ ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं केन्द्रीय ट्रेडयुनियन विभाग संयोजक शिवप्रसाद हुमागाई नेतृत्वको टोलिले नगर उप–प्रमुख बिमला शर्मालाई सामग्री हस्तान्तरण गरेको हो । कार्यक्रममा पुर्व सांसद तीर्थ लामा, जिल्ला सचिव दिनेश लामा, क्षेत्रिय सभापति रमेशप्रसाद हुमागाई, जिल्ला सदस्यहरु रविन्द्र सिग्देल, समिर ब्याञ्जु, नेपाली काँग्रेसका नेता सुन्दरमणी आचार्यलगायत सहभागी थिए ।
यस अघि मण्डनदेउपुर र पाँचखाल नगरपालिका र चौरीदेउराली र भुम्लु गाँउपालिकामा वितरण कार्य सम्पन्न भएको छ । नेपाली कांग्रेसको केन्द्रीय सदस्य एवं केन्द्रीय ट्रेडयुनियन विभाग संयोजक शिवप्रसाद हुमागाई नेतृत्वको टोलिले पाँचखाल नगर प्रमुख महेश खरेल, मण्डन देउपुर नगर प्रमुख टोकबहादुर वाईबा, भुम्लु गाउपालिका अध्यक्ष गुमानध्वज कुँवर र चौरीदेउराली गाउपालिका अध्यक्ष दिनानाथ गौतमलाई हस्तान्तरण गरेको हो ।
स्वास्थ्यकर्मीहरु कोरोनाको उच्च जोखिममा रहेकोले उनिहरुको सुरक्षार्थ काभ्रेको सबै स्वास्थ्य चौकिमा पुग्ने गरि पिपिई र मास्क वितरण गरेको केन्द्रीय सदस्य हुमागाईले बताए । साथै यो सामाग्री पर्याप्त नभए पनि यो संकटको घडीमा काँग्रेस पार्टिको तर्फबाट मायाको चिनोको रुपमा ग्रहण गर्न स्थानीय तहको प्रमुख हरुलाई हुमागाईले आग्रह गरे । वितरण गरिएका सामाग्रीहरुमा प्रति स्थानीय तह २०० थान मास्क र प्रत्येक स्वास्थ्य चौकिमा एक एक थान पिपिई पुग्ने गरि वितरण गरेको हो । यो अभियान जिल्लाका तेह्रवटै स्थानीय तहमा सञ्चालन गरिने जिल्ला सचिव दिनेश लामाले जानकारी दिए ।









