‘भो बाहिर नजाऊ हुन्न र…’ भन्दै आए सीडी विजय (भिडियोसहित) 

काठमाडौं,
वैशाख ८ ।

सारा विश्व नै कोरोना भाइरसको डरलाग्दो महामारीबाट विचलित भइरहेको बेला विभिन्न पेशा या व्यवशायमा आबद्ध व्यक्तिहरुले आ आफ्नो बिधा र दक्षता अनुसार जनतालाई सान्त्वना र आत्मबल बढाउन योगदान गर्दै आइरहेको अबस्थामा सर्जक, गायक र कलाकारहरु पनि यसबाट टाढा रहन सकेका छैनन् । अहिले यो महामारी सम्बन्धि विभिन्न गीत, गजल, मुक्तक, कविता जस्ता लेख रचनाहरु आउने सन्दर्भमा मूल त गीतकारको रुपमा परिचित प्रकाश सुवेदीको शब्द, भ्वाइस अफ नेपालको प्रथम विजेता गायक सीडी विजय अधिकारीको स्वर तथा सङ्गीत, राजु कार्कीको सङ्गीत संयोजन र कुशल सम्पादक वीरेन्द्र भाट विपिनको भिडियो सम्पादनमा ‘जे छ घरमा मीठो नमीठो त्यहि खाऊ हुन्न र…’ बोलको अनुरोधनात्मक शैलीमा लेखिएको चेतनामूलक गजल सीडीएम म्यूजिक क्रिएसन र स्टूडियो किङ्गको सहकार्यमा सार्वजनिक भएको छ ।

बर्तमान समस्यालाई नै आधार बनाएर ‘मेरो विश्व मेरो घर’ र ‘भो शुभकामना नपठाऊ’ जस्ता सन्देशमूलक गीतहरु भर्खरै मात्र सार्वजनिक गरेका प्रकाशले यो गजल मार्फत बाहिर निस्किदा स्वास्थ्यमा सङ्क्रमण आउन सक्ने हुनाले सरकारले निर्देशन गरेको नियम पालना गर्दै घरमा जे छ त्यसैले निर्वाह गर्दै स्वयम् र संसारलाई बँचाउन आह्बान गरेका छन् ।

प्रकाशित मिति : २०७७ बैशाख ८ गते सोमवार
प्रतिक्रिया