काभ्रेपलान्चोक – विश्व भरि फैलिएको कोरोना भाइरस (कोभिड 19) अहिले नेपालमा पनि ९ जना व्यक्तिमा देखा परे संगै नेपालमा पनि यसको त्रास फैलिएको छ ।
लकडाउनको समयमा पनि मिलन श्रेष्ठले आफ्नो दर्शक श्रोतालाई मनोरञ्जन दिन र कोरोना भाइरस बाट बच्ने उपाए सबै सामु पुर्याउने उदेश्यले कोरोना भाइरस बोलको गित सार्वजानिक गर्नु भएको छ।
नेपालमा कोहि कलाकारहरुलाई यस भाइरसले दुख नदिइयोस र सबै मिलेर न्युन आय स्थर भएको कलाकारलाई सहयोग गरौ भन्ने श्रेष्ठको भनाई रहेको ।कोरोना भाइरस गितले सबै नेपालीलाई धेरै भन्दा धेरै जनचेतना फैलाउने बताउछन् ।
यस गितको लय शब्द मिलन श्रेष्ठको रहेको छ । गितमा सबै शब्दहरु भाइरस संग सम्बन्धित जनचेतनामुलक रहेको छ।मिलन श्रेष्ठ एउटा आफैमा नायक तथा निर्देशक पनि हुनु हुन्छ।
कोरोना भाइरस गितको म्यूजिक भिडियो निर्देशन तथा मिलन फिल्मस प्रा.लि को संञ्चालक मिलन श्रेष्ठले गर्नु भएको छ। गितमा स्वर भने चर्चित गायक तथा सर्जक संगम थापाको रहेको छ भने सम्पुर्ण बजार व्यवस्थापन पनि मिलन फिल्मस प्रालिले गरेको छ।







