काभ्रे – बनेपा कोरोना भाइरस (कोभिड १९) नेपालमा ५ जनामा संक्रमण देखिएको पुष्टि भइसकेको छ । यो सरुवा रोग भएकोले यसले महामारीको रुप लिने स्थिति पैदा भएकोले हामी निकै सचेत हुन जरुरी छ ।
संक्रमण रोक्ने प्रयोजनमा सरकारले विदेशबाट आएका सबैजना क्वारेन्टाइनमा बस्नुपर्ने भनिएको छ ।
यसलाई रोक्नका लागि नियमित रुपमा हात धुने, नाक मुख, आँखामा नछुने, एक व्यक्तिदेखि अर्को व्यक्तिसम्मको दुरी कम्तीमा १ मिटर हुनुपर्ने लगायत अन्य सतर्कताको उपायहरु अपनाउनु पर्छ । आज बनेपा बजारको धेरै ठाउँहरुमा भाइरसको रोकथामका लागि डिइसफेक्सन छरेको छ ।
संगै काभ्रे जिल्लाको विभिन्न गाउँपालिका र नगरपालिकाले छरेका छ्न । यसरी छर्नाले रोगीको थुक, सिंगान लगायत ड्रप्लेटहरुमा रहेको भाइरस मर्ने वा निष्क्रिय हुन्छ ।








