काभ्रेपलान्चोक – बनेपा जनकपुरको धनुशा चुरेमा जन्मिनुभएकि एक चर्चित मोडल तथा नायिका हुन सबिना कार्की सबै सङ मिलनसार , लज्जालु स्वाभाव कि भावुक नायिका तथा एक चर्चित मोडेल लाई आफ्नो आँखा र ओठ मन पर्छ र धेरै दर्शक श्रोताले पनि त्यहीँ आँखा र ओठ मन पर्याउछ्न ।

सानै देखि कलाकारिता क्षेत्रमा निकै चासो राख्ने सबिना आज देश कै सान हुनुभएको छ । उहाँ एक चम्किलो तारा भइ यस क्षेत्रमा जीवन सुम्पिने कुरा नव क्षितिजका सम्बादाता अरबिन्द्र गौतमलाई बताउनु हुन्छ ।

आफ्नो संघर्ष र कडा परिश्रमले गर्दा छोटो समयमा तीन सय भन्दा बढी म्युजिक भिडीयो र सत्र वटा भन्दा बढी चलचित्र र त्यस्तैगरि विभिन्न बिज्ञापन हरुमा आफ्नो खुबी प्रस्तुत गरिसक्नु भएको छ । विभिन्न सस्कृतिक कार्यक्रममा समेत धेरै भाग लिसक्नु भएको उहाले चलचित्र र म्युजिक भिडीयो बाट धेरै नै अवार्डहरु हात पारिसक्नु भएको छ ।

चर्चित मोडल तथा नायिका सबिना कार्कीले धेरै कार्यक्रमहरुमा पनि जुरिको भुमिका निभाइ सक्नु भएको छ मेरो नशा नशामा अभिनय बगेको छ उहाँ भन्नुहुन्छ । । प्रस्तुत छ काभ्रे बाट प्रकाशि नव क्षितिज साप्ताहिकका लागि अरबिन्द्र गौतमले नायिका तथा मोडल सबिना कार्की सँग गरेको छोटो कुराकानी ;

० आज भोलि केमा ब्यस्त हुनुहुन्छ ?
म्युजिक भिडियोहरु गरिएको छु । यहीँ आउदो बैशाख बाट नयाँ फिल्म पनि सुटिङ हुँदै छ ।

० अहिलेसम्म कति वटा म्युजिक भिडियोमा खेल्नु भयो ?
मैले अहिलेसम्म तीन सय भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरेको छु ।

० तपाईंले चलचित्रमा खेल्नु भएको छ ? कति वटा चलचित्रमा खेल्नु भएको छ ?
गरेको छु मैले अहिलेसम्म १७ ओटा चलचित्रमा काम गरेको छु । केही बजारमा आएका छन केही चलचित्रमा आउने क्रममा छन केहिको सुटिङ हुदै छ ।

० कलाकारिता क्षेत्र बाट कतिको सन्तुष्ट हुनुहुन्छ ?
सन्तुष्ट नै छु भन्नू पर्छ सन्तुष्ट भएकै कारणले आज सम्म यस क्षेत्रमा टिकिरहेको छु नत्र यो क्षेत्रमा हुने थिइन होला।

० ठुलो पर्दामा काम गर्न सजिलो कि सानो पर्दामा ?
काम हो दुबै सजिलो लाग्छ ,सानो ठूलो भन्ने छैन।

० कसको प्रेरणाबाट यस क्षेत्रमा लाग्नुभयो ?
मेरो प्रेरणाको श्रोत नै मेरो परिवार हो । मेरो परिवारको कारणले नै आज सम्म म यस क्षेत्रमा यहाँ सम्म आउन सफल भएको छु ।

० तपाईंलाई पछि गएर कस्तो नायिका थाहा मोडल बन्न मन छ ?
यस्तो उस्तो भन्ने छैन म जे छु त्यसमा नै ठिक छु । म आफै जस्तो ।

० तपाईंले माेडलिङ गरेको सबै भन्दा चर्चाको गित कुन हो ?
पहिलोमा तिमी सङ नजर झुधाइ दोश्रोमा मैलै माया गर्न जानिन होला तिमिले सिकाउन सक्थ्योउनी तेस्रोमा शम्झ त प्रिय तिमिले छोडेको रात आदि गितले निकै चर्चा कमाएका छन।

० तपाईंले बिबाह गर्नु भएको छ ?
अहिले सम्म गरेको छैन

० तपाईंले आफुलाई लायकको केटा हेर्नुपर्ने भयो भने कस्तो टाईपको हेर्नू हुन्छ ?
हेहेहेहे मलाई बुझ्ने,जसले चाइ मलाइ माया अनि care गरोस ।

० नायिका तथा मोडलहरुले अहिले पछीले समय अङ्ग प्रदर्सन गरेर चर्चा कमाएका छ्न ? के चर्चामा आउन अङ्ग प्रदर्सन नै गर्नु पर्ने हो ?
त्यस्तो त होइन खोइ किन त्यस्तो गर्छन ।अङ्ग प्रद्सन गरेर चर्चा आउछु भन्ने नसोचे पनि हुन्छ यहाँ कामको कुरो आउँछ सबै भन्दा पहिला आफ्नो काम लाई फोकस गर्दा राम्रो होला ।

० अन्तमा ?
म मेरो भगवान रुपि दर्शक लाई भन्न चाहान्छु हजुर हरुको माया र सपोर्टले गर्दा आज यति सम्म आएको छु म सधै हजुर हरुको माया र सपोर्टको आशमा छु साथै तपाई लगायत तपाईंको मिडिया लाई धेरै धेरै धन्यवाद ।