काभ्रेपलान्चोक – बनेपा पुर्बको सोलुखुम्बुमा जन्मनुभएको गायक रमेश नेपाली सानै देखि गित संगीत क्षेत्रमा रुचि राख्ने ब्याक्ती हुन बिगत लामो समय देखि गायन क्षेत्रमा कृयासिल रमेशले दर्जनौ सफल आधुनिक गित बजारमा ल्याउनु भएको छ । प्रस्तुत छ नव क्षितिज साप्ताहिका लागि अरबिन्द्र गौतमले गायक रमेश नेपालीसँग गरेको छोटो कुराकानी ; 

० आज भोलि केमा ब्यस्त हुनुहुन्छ ?
म आज भोलि गित संगीतमा नै बिजि छु नयाँ काम गर्दै छु एल्बमको रिलिज गर्ने कोशिश गर्दै छु । रेकर्डिङ सुटिङ कलेक्सन गितहरुको साथमा महोत्सव तिर पनि ब्यस्त छु ।

० सुरुका दिनहरुको बारेमा बताउनुहोस गायन क्षेत्रमा कसरी लाग्नु भयो ?
सुरुका दिनहरु सम्झिदा निकै दुख लाग्छ । साङ्गितिकको दुनियामा प्रवेश गर्न गायक बन्ने सपना बोकेर काठमाडौ आएको थिए । धेरै दुख गरियो पहिला काठमाडौ छिर्ने बितिकै मलाई बस्ने खाने समस्या थियो काम खोज्न तिर लागे धेरै बर्ष होटलमा भाडा माझे बिस्तारै संगीत बुझ्दै गए र त्यस पछि गायक मनोज राजसँग संगीत सिके पछी गायन राम्रो हुँदै गयो अनि देबि घर्तीसँग पहिलो गित रेकर्ड गरेको छु ।

० पहिलेको गित सँगित र अहिलेको गित सँगितमा तपाईं के फरक देख्नु हुन्छ ? धेरै बिकृती आएको होइन अहिलेको गित सँगितमा ?
पहिला त अरबिन्द्र ज्यु हजुलाइ धेरै धन्यवाद दिन चाहान्छु यति मीठो समय सान्दर्भिक प्रस्नको लागि हजुरले भनेको कुरा १००% सहि हो पहिलेको गित भन्दा अहिलेको गितमा धेरै बिकृती आएको छ । फरक यो छ की पहिलाका गितहरुमा मौलिकता र समय सान्दर्भिक गितहरु आउथे मन छुने हुन्थ्यो एक पटक सुनेसी सुनु सुनु लाग्ने गित आउथे अहिले हावा गित आउन थाले सुन्न नै नसकिने लाज पचेका गित आउन थाले धेरै कलाकार आए पैसा खर्च गरेर हिट भए साङ्गितिकको दुनियालाइ बिगार्ने गित बजारमा ल्याए ।

० कलाकारिता क्षेत्रमा किन एक कलाकारले अर्को कलाकार लाई सम्मान गर्ने जान्दैनन् ?
धेरै कारणहरु छन एक कलाकारले अर्को कलाकारलाई सम्मान नगर्नुमा अहिले पैसाले हिट भए मान्छे एक दुई गित गाउने एक दुई भिडियो खेल्दैमा मान्छेहरु म गायक हु । म मोडल हु । भन्दै हिडने थाले कतिको स्वभाव नै घमण्डि भएर एक अर्कालाइ सम्मान गर्दैनन जो जतिनै ठुको कलाकार भएनी सम्मान भन्ने कुरा सबै लाई गर्नु पर्छ त्यो सबैले सिक्नु पर्ने कुरा हो । सिनियर भनेको सिनियर हुन्छ जुन फिल्डमा पनि त्यहीँ भएर सम्मान गर्न सिक्नु पर्छ।

० अहिलेसम्म कति गीत गाउनुभयो ?
अहिले सम्म एक दर्जन भन्दा माथिनै गित गाएको छु मैले कम्पोज गरेका गित त धेरै छ्न । मैले लेखेका गितहरु पनि धेरै छ आफ्नै आवाजमा चै एक दर्जन जति भयो ।

० कस्तो खालको गीत बढी गाउनुहुन्छ ?
म जस्तो सुकै गित गाउन सक्छु मैले बुझे सम्मको तर मेरो फिल्ड चै आधुनिक हो । मेरा प्राय सबै गित आधुनिक छन ।

० गायनबाट कतिको सन्तुष्ट हुनुहुन्छ ?
सन्तुष्ट नै छु धनको पछाडि नगाल्ने मान्छे जुन सुकै फिल्डमा पनि बाच्न सक्छ म ठिक छु । सन्तुष्ट छु ।

० गायनबाटै बाँच्न सकिन्छ ?
अहिले सम्म बाँचि रहेकोे छु । यसैबाट अरु केही छैन प्रोग्रामहरु छ्न । आफ्नै स्टुडियो छ सगरमाथा म्युजिक प्रा.ली

० कस्तो गायक बन्न मन छ ?
म छुट्टै खालको गायक बन्न चाहान्छु मलाई चर्चित हुनु छैन भाइरल गायक बन्नु छैन मात्र भगवान रुपि श्रोता दर्सकको मनमा बस्न सकु सदाबाहार गायक कलाकार बन्न चाहान्छु ।

० लोकगीत कस्तो होस् जस्तो लाग्छ ?

अहिले आधुनिक गित चै मेरो बिचारमा उशृङखल नहोस अपाच्य शब्द प्रयोग गरेर गित नबनाइयोस समाजमा पच्ने खालको गित होस। आधुनिक गित फोहोरी हुनु भएन ।

० पछिको योजना के बनाउनु भएको छ ?
पछिल्लो योजना गित संगीत तिर नै लाग्ने हो तर म धेरै योजना बुन्दिन पनि निरन्तर काममा हुन्छु तत्कालको योजना भनेको यहि एल्बमको रिलिज गर्ने तयारिमा छु ।

० अब नयाँ आउने कलाकार लाई तपाईंको सुझाव ?
नयाँ आउने कलाकारहरुलाइ म के भन्न चाहान्छु भने यो क्षेत्र निकै गाह्रो र निकै संबेदनसिल क्षेत्र हो नबुझी नसिकी नआउनुस खर्च नगर्नु नयाँ आउने कलाकार बन्न चाहाने साथिहरुलाई यहीँ भन्छु सिकेर बुझेर आउदा राम्रो हुन्छ सिकेर आउनुस ।

० अन्तमा ?
अरबिन्द्र सर हजुलाइ धेरै धेरै धन्यवाद दिन चाहान्छु यो छोटो समयमा भएनी मेरो साङ्गितिक भोगाइ संघर्स गित सङ्गितको बारेमा दुई चार शब्द राख्ने मौका दिनु भएकोमा अब मेरा भगवान रुपि श्रोता दर्सक लाई म धेरै धेरै धन्यवाद दिन चाहान्छु मेरा गितहरुलाइ माया गरिदिनु भएकोमा अब आउने गितलाइ पनि माया गरि दिनु हुन्छ भन्ने आसा गरेको छु सम्पुर्णको माया सदैब पाई राखु यहि भन्न चाहान्छु सबै दर्सक स्रोताहरुलाइ मिस यु जय गित जय सङ्गित