बनेपा – काभ्रेपलान्चोक लोक तथा दोहोरी क्षेत्रकै बहु चर्चित गायक बिमल डाँगी र गायीका सरीता डाँगीको स्वर रहेको गीत मेरो डोल्पा केहि दिन अगाडि बाट सार्वजनिक भएको छ ।

गीतमा शब्द रामचन्द्र रोकायाको रहेको छ भने स्वर विमल र सरीता डाँगीकै स्वर रहेको छ । गीतमा संगीत विमल डाँगी र संगीत संयोजन नारायण दंगालले गरेका छन् ।

गीतबाट डोल्पाको सुन्दरता,धार्मिक र साँस्कृतिक पक्ष झल्काइएको छ । उक्त गीत डाँगीकै युटुब च्यानलबाट सार्वजनिक गरिएको छ ।