अरबिन्द्र गौतम / बनेपा
काभ्रेपलान्चोक – बनेपा पशुपती शर्माको लुट्न सके लुट जस्तै टिकाराम श्रेष्ठको ढाँट्न सम्म ढाँटने बोलको गित केहि दिन अगाडि बाट सार्वजानिक भएको छ ।
लोक गित संगित क्षेत्रमा लोक प्रिय कमाउँदै आउनु भएको चर्चित लोक तथा दोहोरी गायक तथा सर्जक पशुपति शर्माको देशको राजनीतिक माथी व्याग्य आत्मक गित लुट्न सके लुट जस्तो टिकाराम श्रेष्ठको ढाँट्न सम्म ढाँटने गितको भिडियो सार्वजानिक गरिएको छ ।
टिकाराम श्रेष्ठले आफ्नो देशको परिस्थितीलाई परिकल्पना गर्दै यस गितको शब्द सिर्जना गरी बजारमा ल्याउनु भएको छ । गितको शब्दहरु राजनितीकै भए पनि गितको भाब भने चेतना मुलक रहेको छ । यस गितलाई साथी भाई डिजिटल प्रालिले बजारमा सार्वजानिक गरेको छ ।
गितको शब्द सिर्जना भने टिकाराम श्रेष्ठको नै रहेको छ त्यसैगरी गितमा स्वर टिकाराम श्रेष्ठ र जेनिसा तामाङ्को रहेको छ ।यस गितको भिडियो छायांकन रामु बिरहिले गर्नु भएको छ।
भिडियोमा अभिनय भने टिकाराम श्रेष्ठ , भगवान खत्री नमुना परियार स्मृति तामाङ् , लक्ष्मण चौलागाई आदि साथीहरुले गर्नु भएको छ । भिडियो निर्देशन रामु बिरहिले र नृत्य निर्देशक राजु श्रेष्ठले गर्नु भएको छ ।







