पनौती – काभ्रेको पनौती नगरपालिका वडा नं. ७, मानेश्वरी बसपार्कमा टिपरको ठक्करबाट आमा छोरीको मृत्यु भएको छ ।बनेपाबाट पनौतीतर्फ जाँदै गरेको बा ५ ख ५४८० नं को टिपरले ठक्कर दिँदा आमा छोरी गम्भीर भई शीर मेमोरियल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
मृत्यु हुनेमा खानीखोला गाउँपालिका वडा नं १ की ३३ वर्षीय जुनिमाया तामाङ र उनकी ३ वर्षीय छोरी स्मारिका तामाङ रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी कुमारविक्रम थापाले जानकारी दिनुभयो । टिपर चालक अहिले प्रहरीको नियन्त्रणमा लिइएको छ भने घटनापछि स्थानीयहरुले प्रदर्शन समेत गरेका थिए ।







