निर्वाचन आयोगले हिजो माघ ४ गते राति १२ बजेबाट निर्वाचन आचारसंहिता २०८२ लागू गरेको छ । फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ ।
जसका लागि माघ मङ्गलवार उम्मेदवारी मनोनयनको समय तोकिएको छ । यसअघि निर्वाचन आयोगले निर्वाचन आचारसंहिता २०८२ तयार पारेर राजपत्रमा प्रकाशित गरिसकेको छ । निर्वाचन आचारसंहिता कार्यान्वयनबारे आइतबार निर्वाचन आयोगका पदाधिकारीहरूले प्रधानमन्त्री र मन्त्रीहरूसँग छलफल गरेका थिए । निर्वाचन आचारसंहिता लागू भएपछि सरकार तथा दलहरूले सोही अनुसार आफ्ना गतिविधि गर्नुपर्नेछ ।









