बनेपा,बनेपा–७, मा रहेको प्रभात बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७आंै वार्षिक साधारण सभा नयाँ नेतृत्व चयन गर्दै शनिबार सम्पन्न भएको छ ।
साधारणसभाको अवसरमा भएको निर्वाचनबाट फिरोज शाक्यको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्वत चयन भएको छ । जसको सचिवमा बलराम मानन्धर, कोषाध्यक्षमा धन बहादुर कर्माचार्य र सदस्यहरुमा कल्पना सापकोटा, गणेश बहादुर भुजेल, पुर्णकाजी मानन्धर रहेका छन् । लेखा तथा सुपरिबेक्षण समितिको संयोजकमा पुर्णिमा प्रधानाङ्ग, सदस्यमा राजु मानन्धर र सरस्वती श्रेष्ठ रहेका छन् ।
संस्थाका अध्यक्ष सागर कपालीको अध्यक्षतामा सम्पन्न सधारण सभाको उद्घाटन गर्दै अध्यक्ष कपालीले सहकारीले सदस्यहरुको आर्थिकबृद्धी र माग अनुसारका कार्य गर्दै आएको बताए । सहकारीको मर्म अनुसार चलेकै कारण प्रभातमा कुनै समस्या नआएको कपालीले बताए । कार्यक्रममा संस्थाको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिबेदन सचिव सुमन चौ प्रधानले, आर्थिक प्रतिबेदन कोषाध्यक्ष बलराम मानन्धरले र लेखा सुपरिवेक्षण प्रतिवेदन संयोजक भरत दाहालले प्रस्तुत गरेका थिए ।
कार्यक्रममा एस ई ई उतिर्ण बाल सदस्यहरु अस्विन श्रेष्ठ, सिदम कार्की र सुनैना थापा, उत्कृष्ट बचत कर्ता डोलनाथ ढकाल र संगिता राई, उत्कृष्ण ऋणी वसन्त सुनार र सर्मिला श्रेष्ठलगायतलाई सम्मान गरिएको थियो । उपाध्यक्ष फिरोज शाक्यले स्वागत र सदस्य पुर्णिमा प्रधानाङ्गले सञ्चालन गरेको कार्यक्रममा सञ्चारकर्मी नवराज बजगाई र सुकदेब थपलियाले शुभकामाना मन्तब्य राखेका थिए ।