बनेपा, काभ्रे जेसीज, काभ्रे लेडिज जेसीज, बनेपा जुनियर जेसीजको संयुक्त पदस्थापन, पुरस्कार वितरण तथा ब्यक्तित्व सम्मान कार्यक्रम बागमती प्रदेशका आन्तरिक मामिला मन्त्री सुरजचन्द्र लामिछानेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । वर्ष २०२४ मा निर्वाचित अध्यक्षहरुले वर्ष २०२५ मा निर्वाचितहरुलाई पद हस्तान्तरण गरेका थिए ।
वर्ष २०२४ मा काभ्रे जेसीजमा रिकेश सैंजु, काभ्रे लेडिज जेसीजमा सविता बज्राचार्य, बनेपा जुनियर जेसीजमा सृष्टि बज्राचार्य निर्वाचित थिए । वर्ष २०२५ का लागि पुजन महर्जन, रविना सेवाचार्य र श्रेया मानन्धर क्रमशः काभ्रे जेसीज, काभ्रे लेडिज जेसीज र बनेपा जुनियर जेसीजमा निर्वाचित भएका छन् । निर्वाचित २०२४ का अध्यक्षहरुले कार्यकालको अन्तिम मन्तब्य सहित सहयोगी तथा शुभेच्छुकहरुलाई मायाको चिनो प्रदान गरेका थिए ।
पुर्व अध्यक्ष प्रकाश कायश्थले ब्यक्तित्व तथा प्रतिभा सम्मान घोषणा गरेका थिए । यो वर्ष ब्यवसायी दियेशरत्न शाक्य, ब्युटिसियन रुस्का श्रेष्ठ, खेलाडी विजय प्रधानलाई सम्मान गरिएको थियो । काभ्रे जेसीजका तर्फबाट पुर्व अध्यक्षहरुले स्थापना गरेका विभिन्न पुरस्कारबाट रसिक शाक्य, विजयराज कर्माचार्य, स्वरुप शाक्य, सुजन महर्जन र निर्जन गौतम सम्मानित भएका छन् भने बनेपा जुनियर जेसीजका तर्फबाट निश्चल श्रेष्ठ, शिभम बादे सम्मानित भए । काभ्रे लेडिज जेसीजका तर्फबाट रितिका शाक्य, मनिषा श्रेष्ठ, स्वस्तिका श्रेष्ठ, सविता श्रेष्ठ सम्मानित भएका थिए । पुर्व अध्यक्ष सुबास बैद्य र भगवती श्रेष्ठले पुरस्कृत ब्यक्तिहरुको नाम घोषणा गरेका थिए ।
विजयराम बञ्चाराको सञ्चालनमा भएको कार्यक्रममा मन्त्री लामिछाने, नगर प्रमुख शान्तिरत्न शाक्य, उपप्रमुख विमला सापकोटा, नेपाल जेसीजका राष्ट्रिय कार्यकारीणी उपाध्यक्ष कृष्ण सापकोटालगायत विभिन्न संघ संस्थाका प्रमुख एवं प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।