बनेपा, निर्माण व्यवसायी संघ काभ्रेको १४ औं वार्षिक साधारण सभा शुक्रबार संघका अध्यक्ष विजय तामाङको अध्यक्षता र निर्माण ब्यबसायी महासंघका केन्द्रिय अध्यक्ष रवि सिहंको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।
प्रमुख अतिथी सिंहले निर्माण ब्यबसायीहरुलाई चौतर्फी घरेराबन्दी रहेको भन्दै नेपाल सरकारले काम गरेको पैसा समेत नदिएको र उपभोक्ताहरुले भने काम गरेन भनेर आलोचना गर्ने गरेको गुनासो गरे । कानुनी र अन्य झन्झट नभएका ठाँउमा निर्माण ब्यबसायीहरुले समय अगाबै काम सकेर पुरस्कृत भएको भन्दै सिहंले सबै निर्माण ब्यबसायी सहि छन् भन्ने आफ्नो दाबी रहेको भन्दै सबैलाई एउटै दृटिकोणले हेर्न नहुने बताए ।
जिल्ला अध्यक्ष विजय तामाङले सघंमा चुनावि वर्षमा ५ सय ३० वटा निर्माण ब्यसायी दर्ता भएकामा आर्थिक वर्ष २०८१ जम्मा२ सय १९ मात्रै नविकरण भएको वताए । निर्माण ब्यबसायीहरुलाई धेरै समस्या भएको वताउदै तामाङले सबै पक्षबाट ब्यबसायीको मात्रै दोष देख्ने प्रबृत्ति बढ्दै गएको बताए । कार्यक्रममा निर्माण ब्यबसायी संघका पुर्व अध्यक्ष तथा वागमती प्रदेसका पुर्व मन्त्री चन्द्र लामा, जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपक गौतम, महासघंका बरिष्ठ उपाध्यक्ष एडी लामा, नमोबुद्ध नगरपालिकाका उपप्रमुख रत्न लामा, नेकपा एमाले काभ्रेका अध्यक्ष राजन भुर्तेल, काभ्रे उद्योग वाणिज्य सघंका बरिष्ठ उपाध्यक्ष रविन्द्र बैदार, महासघंका केन्द्रिय सदस्य उपेन्द्र घिसिङ्ग, वागमती प्रदेश अध्यक्ष छत्र तामाङ लगाएतले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रममा स्वागत मन्तब्य बरिष्ठ उपाध्यक्ष दमन दोङले र संचालन सचिव प्रदिप गौतमले गरेका थिए ।