कुनैपनी ब्यक्तिले आफ्नो पदिय मर्यादा विपरित गर्ने सबै किसिमका गैरकानुनी र अनैतिक क्रियाकलापहरूलाई भ्रष्ट्राचार भनिन्छ । सार्वजनिक पदमा रहेका पदाधिकारीहरुले आफुमा रहेको शक्ति र अधिकार व्यक्तिगत हित वा फाइदा पु¥याउनको लागि प्रयोग गर्नु पनि भ्रष्ट्राचार हो । विश्व बैंकका अनुसार व्यक्तिगत फाइदाको लागि सार्बजनिक ओहदा र शक्तिको दुरुपयोग गर्नुपनि भष्ट्रचार हो ।
देश निर्माणमा मुख्य हात युवाहरुको हुन्छ । हाम्रो देशका युवाहरु रोजगारीका लागि खाडी मुलुकहरूमा गई देशमा उनिहरुले रेमिट्यान्स पठाएर देश चलाउनमा मुख्य भूमिका निर्वाह गरी देशको मेरुदण्डको रुपमा काम गरिरहेको अवस्था छ । यो स्थितीमा युवाहरु दक्ष भई आफ्नै देश निर्माणमा हातेमालो गर्नसके मात्र भ्रष्ट्रचार न्यूनिकरणमा ठुलो मदत हुने थियो । विश्वभर दक्ष कामदारको माग अत्यधिक बढेको अवस्था छ । नेपालमा दक्ष कामदारहरु ज्यादै कम छन् । त्यतिमात्र नभएर हाम्रो देशले समेत छिमेकी राष्ट्रबाट दक्ष कामदार ल्याएर काम गर्नुपर्ने अवस्था छ । यही कारणबाट नै राजनितिक विकृतिभई भ्रष्ट्रचार झन मौलाएको छ । यसरी हुने भ्रष्टचारलाई कम गर्नसमेत युवाहरु दक्ष हुन आवश्यक देखिन्छ ।
दक्ष युवाहरु अत्यन्त न्यून मात्रामा हुनु ति मध्ये पनि अधिकांश विदेसिनु पनि भ्रष्ट्राचार बढ्नुको एक प्रमुख कारण हो । दक्ष युवाहरु विदेश पलायन नभई देशमै काम गर्ने अवस्था सिर्जना गर्न सके भ्रष्ट्रचार न्यूनिकरणमा ठुलो टेवा पुग्ने देखिन्छ । व्यक्ति, परिवार, समुदाय, राष्ट्र अनि सिंगो विश्वको विकासमा युवाहरुको भूमिका र महत्वलाई दर्शाउन अगस्ट्र १२ का दिन अन्तराष्ट्रीय युवा दिवस मनाइन्छ । युवा भनेको मानव जिवनमा अत्यधिक जोस जागर उत्साह एवं शक्ति भएको उमेर समुह हो । साधारणतया अठार बर्षदेखी चालीस वर्ष भित्र उमेरका व्यक्तिहरुलाई युवा भनिन्छ । परिवर्तनका लागि नयाँ सोच, उर्जा, चेतना, मौलिकता तथा प्रष्ट स्वभाव जस्ता अनेकौ तत्वहरु आवश्यक पर्दछ । हाम्रो देशको सन्दर्भमा खाडी मुलुकमा लाखौ युवाहरुले पसिना बगाइरहदा आफ्नो गाउघरमा लास उठाएर घाटसम्म लानका लागि मलामी पनि नभएको अवस्था सिर्जना भईसकेको स्थिती छ । दैनिकजसो विदेशमा मृत्यु भई बाकसमा आउने नेपाली युवाहरुको लास अनि तिनका आश्रीत आँसुबारे सोच्न ढिला भईसकेको छ । युवाहरुले आफ्नो माग र आवश्यकतालाई सरोकारवालाहरू समक्ष प्रस्तुत गर्न आवश्यक देखिन्छ ।
यस अर्थमा स्वरोजगार र सिपमुलक शिक्षा प्रणाली जस्ता अबधारणा साकार पार्न नेपाली युवाहरुले सरकार समक्ष जोडदार माग गरी त्यसलाई कार्यन्वयन गराउनमा समेत महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने अवस्था रहेको पाइन्छ । सार्वजानिक प्रशासनमा जवाफदेही पुर्ण काम नगर्नाले निर्माण सम्बन्धी भौतिक पूर्वाधारको काममा हुने गरेको अनियमितताले यस्ता असर पारेको पाइन्छ । जनतालाई मंहगो सेवा किन्न पर्ने अवस्था, भौतिक पूर्वाधारको काम निर्माण गुणस्तरिय नहुनु, निर्धारित समयमा काम सम्पन्न नहुनु, निर्माण कार्य सुरक्षीत नहुनु, विकास निर्माणका लागि विनियोजित बजेट दुरुपयोग हुनु, पुर्वाधारको विकास नहुनु, ग्रामीण क्षेत्र पछाडि पर्नु, युवाहरू विदेसिन बाध्य हुनु, विकास निर्माण सम्बन्धि ठेक्का सम्झौता कार्य सिमित स्वार्थको लागि प्रत्यक्ष सम्बोधन गर्ने नियम कानुन भएपनि राजनैतिक विकृतिका कारण कार्यन्वयन पक्ष बलियो देखिदैनन् । राजनितिक प्रतिवद्धता कार्यन्वयन नहुनु । नातावाद कृपावाद फैलिदै जानु र ऐन नियमहरु आर्थिक लेनदेनसँग बढी सम्बन्धित रहनु । युवाहरु देशको मणी हुन भने देशका मणीलाई विदेसिनु नपर्ने अवस्था सिर्जना गर्नुपर्दछ । युवा नै देशको अग्रगामी विकासको मुल अधार हुन । युवाहरुको मिहेनतले मात्र देश बन्छ । –ककनी–३, चाउथे, नुवाकोट