बनेपा, रोटरी क्लब अफ काभ्रे बनेपाको २३औं पदस्थापना शुक्रबार सम्पन्न भएको छ । वर्ष २०२३ र २०२४ का अध्यक्ष केशव बडालको कार्यकाल सकिएपछि वर्ष २०२४ र २०२५ को लागि अध्यक्ष श्याम तिमल्सिनाले पदभार ग्रहण गरेका हुन । यसअघि नै तिमल्सिना (बर्ष २०२४–२५) का लागि अध्यक्ष चयन भएका थिए ।
क्लबमा इमिडेट पास्ट प्रेसिडेन्ट केशव वडाल, प्रेसिडेन्ट इलेक्ट सरिता शाक्य र प्रेसिडेन्ट नोमिनी देवराज भण्डारी, भाइस प्रेसिडेन्ट सुनिल लुइटेल र सेक्रेटरी ऋषिराम दाहाल चयन भएका छन । कोषाध्यक्ष सरिना शाक्य, सहसचिव डा. सुमन कर्माचार्य, सहकोषाध्यक्ष महेश कायस्थ र निर्देशकहरुमा क्लव प्रशासन चेयरमा कुशल श्रेष्ठ, को–चेयरमा विरबहादुर लामा, सदस्यताको चेयरमा विवश तिमल्सिना, को–चेयरमा भुवन काजी मानन्धर, जनसम्पर्कको चेयरमा ऋषिराम गौतम, को–चेयरमा नरेश शंकर प्रधानाङ्ग चयन भएका छन ।
यस्तै, सर्भिस प्रोजेक्ट चेयरमा सुर्यप्रभा शाक्य, को–चेयरमा कमला आले, टिआरएफ चेयरमा हिरा शर्मा नेपाल, को–चेयरमा सुन्दर थापा मगर, सर्जेन्ट एट आम्रस पद्मा शाक्य, सम्पादक सलिस्मा कायस्थ, आइटी, वेव अफिसर रुकेश राजभण्डारी, मेन्टर दमनकुमार श्रेष्ठ, स्ट्राटेजिक प्लानिङमा राजु सरकार, ट्रेनरमा मिलन गुरुङ रहेका छन । सल्लाहकारमा रविन काजी पलाञ्चोके, मानकाजी प्रधान, इश्वरीप्रसाद शर्मा, रघुनाथ घिमिरे, ग्रोवेन तौजले, रामप्यारी बस्नेत बज्राचार्य र रुकमणि सिग्देल चयन भएका छन ।
कार्यक्रममा प्रमुख अतिथि रोटरी इन्टरनेशनल डिस्ट्रिक ३२९२ नेपाल एण्ड भुटानका पूर्व डिष्ट्रिक गभर्नर केशव कुँवरले अध्यक्ष तिमल्सिनालाई र तिमल्सिनाले अन्य पदाधिकारीलाई पद तथा गोपनीयताको शपथ गराएका थिए । रोट्याकटर दृष्टि योञ्जन लामा र सुस्मिता चौलागाईले सञ्चालन गरेको कार्यक्रममा रोटरी इन्टरनेशनल डिस्ट्रिक ३२९२ नेपाल एण्ड भुटानका असिस्टेन्ट डिष्ट्रिक गभर्नर भुवन कुँवर, रोटरी क्लव अफ काभ्रे बनेपाका प्रेसिडेन्ट इलेक्ट सरिता शाक्य, प्रेसिडेन्ट नोमिनी देवराज भण्डारी लगायतले रोटरीले गरेको सामाजिक योगदानबारे चर्चा गरेका थिए ।
बर्ष २०२४–२५ का अध्यक्ष श्यामकुमार तिमल्सिनाले आफू विगत देखि नै सामाजिक क्षेत्रमा नै कृयाशिल भएको भन्दै रोटरीमार्फत हुने सामाजिक काममा सबैको साथ, सहयोगको अपेक्षा गरेका थिए । क्लबका आइपिपि केशव बडालले एकवर्षे कार्यकालमा भएका गतिविधि प्रस्तुत गर्दै सहयोगी सबैलाई धन्यवाद दिएका थिए ।