मेकअप आटिस्ट गिता उप्रेती सम्मानित हुनुभएको छ । मिस एण्ड मिसेस ब्युटिफुलका आठौं र नवौं संस्करणमा उहाँलाई सम्मान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र शाही, विशिष्ठ अतिथि संगीतरत्न शम्भुजित बास्कोटा र कार्यक्रम व्यवस्थापक टेकराज पाण्डेले गिता उप्रेतीलाई सम्मानपत्र, खादा, माला र दोसल्लाले सम्मान अर्पण गर्नुभएको थियो । उप्रेतीले सौन्दर्य क्षेत्रमा मार्फत समाजसेवामा पु¥याएको योगदानको उच्च मूल्यांकन गर्दै उहाँलाई सम्मान गरिएको आयोजकले जनाएको छ । उप्रेती विगत लामो समयदेखि सौन्दर्य क्षेत्रमा संलग्न रहदै आउनुभएको छ ।
समाजमा रहेर आफूलाई स्थापित गर्ने क्रममा उप्रेतीले एक दशकदेखि सौन्दर्य तथा विभिन्न व्यक्तिहरुलाई तालिम दिदै आउनुभएको सौन्दर्यको क्षेत्रमा एक छत्र राज गर्दै आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको भन्दै उहाँलाई सम्मान गरिएको थियो । क्षेत्रमा पु¥याएको योगदानको मूल्यांकन गर्दै सम्मान गरिएको आयोजकले जनाएको छ ।
दक्ष इन्टरनेसनल र राज ब्युटि एकेडेमी एण्ड मेकअप स्टुडियोको आयोजनामा सम्पन्न भएको ‘मिस एण्ड मिसेस ब्युटिफुल नेपाल २०२४’मा नवौं संस्करणको ‘मिस ब्युटिफुलको कार्यक्रम बिच मेकप आर्टिस्ट उप्रेतीलाई सम्मान गरिएको थियो । रोजिन शाक्यले सञ्चालन गरेको प्रतियोगिताको कोरियोग्राफर रहनुभएको थियो। कार्यक्रमका प्रमुख टेकराज पाण्डे रहनुभएको थियो।