बनेपा, बनेपा–६, बुडोल हाईटमा यातायात ब्यवस्था कार्यालय खुलेको छ । बागमती प्रदेश सरकार श्रम, रोजगार तथा यातायात मन्त्रालय अन्र्तगत यातायात ब्यवस्था कार्यालय उद्घाटन गरिएको हो ।
असार १६ गतेबाट कार्यालयले यातायात सम्वन्धी सेवा ‘सवारी साधनको नविकरण, दर्ता, ब्लु बुक, प्रर्दुषण जाँच, सवारी लाईन्सेन्स लगायतका सेवाहरु प्रदान गर्ने कार्यालय प्रमुख अनुप ढकालले बताए । बनेपा नगरपालिकाले उक्त कार्यालयका लागि १० वर्षसम्म भाडा नलिने गरी कार्यालय उपलब्ध गराएको हो । कार्यालयबाट प्रदान गरिने सेवाले नागरिकहरुलाई सहजता प्रदान गर्नेछ । यहि सेवा भक्तपुर तथा काठमाडौंमा पुगेर लिनु पर्ने अवस्था छ । संघीयता पछि अधिकार हस्तान्तरण गर्ने कुरामा अलमल भईरहेका सन्र्दभमा बागमती प्रदेश सरकारले नागरिकहरुसँग प्रत्यक्ष सरोकार राख्ने कार्यालयहरु क्रमशः स्थापना गर्दै लगिने सांसदहरुले बताएका छन् ।
समुद्धघाटन गर्दै बाग्मती प्रदेश सरकारको श्रम, रोजगार तथा यातायातमन्त्री लक्ष्मण लम्सालले बनेपास्थित कार्यालयबाट काभ्रे र आसपासका सेवाग्राही लाभान्वित हुने विश्वास व्यक्त गरे । यातायात क्षेत्रमा डिजिटलाइजेसन शुरु गरेको भन्दै उनले फाइल बोकेर हिड्ने दिन सकिने दाबी गरे । कार्यक्रममा प्रदेश सांसदहरु रत्न ढकाल, कञ्चनचन्द्र बादे, रुकु चौलागाई, जिल्ला समन्वय समिति प्रमुख दिपककुमार गौतम, बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्य, प्रमुख जिल्ला अधिकारी सुर्य सेढाई, यातायात ब्यवसायीलगायतले यातायात क्षेत्रका समस्याका बारेमा बोलेका थिए ।