बनेपा, बनेपाका २० जना महिलाहरुलाई एक दिने निःशुल्क पोते बुन्ने सीपमूलक तालिम दिईएको छ । बनेपा–६, मा सामाजिक काम गर्ने उदेश्यले स्थापना भएको हाम्रो सरोकार नामक संस्थाको आयोजनामा उक्त तालिम दिईएको हो ।
महिलाहरुलाई सिप मुलक तालिम प्रदान गरी आत्मनिर्भर र उद्यमी बनाउने उद्देश्यका साथ तालिमको आयोजना गरिएको हाम्रो सरोकारकी अध्यक्ष सम्झना खतिवडाले बताइन् । बेरोजगार र गृहणी महिलाको लागि यस्ता खाले सीपमूलक तालिमले आत्मनिर्भर बनाउनुका साथै व्यवहारिक क्षमता वृद्धिमा सहयोग पु¥याउने खतिवडाले बताइन् । अध्यक्ष खतिवडाले तालिम लिएका सहभागीले बनाएका पोते मालाहरु डिजाइन हेरेर ज्याला दिने र संस्थाले खरिद गरेर बिक्रि गर्ने पनि बताईन ।

तालिममा सहभागीहरुले निशुल्क सिप सिक्न पाउदा खुशी लागेको भन्दै हाम्रो सरोकार संस्थाको सहयोग लिएर तालिममा सिकेका सिप व्यवहारमा उतारी आत्मनिर्भर बन्न लागि पर्ने बताए ।