यतिबेला नेकपा एमालेले देश र जनताको हितको पक्षमा समृद्धिका लागि संकल्प यात्रालाई अघि सारेर समापन गरेको अवस्थामा छ । खास गरी देशको पहाडी भूभागबाट सुविधाको खोजीमा बसाईं सराईको तथ्यांक कहालीलाग्दो बन्न थालेपछि देशको मध्यपहाडी क्षेत्रको स्थलगत वास्तविक बस्तुस्थिति बुझ्न एमालेले उक्त अभियान अघि सारेको हो ।
आफ्ना संस्थापक नेता पुष्पलालको नामबाट अगाडी वढि रहेको पुष्पलाल मध्य पहाडी लोकामर्गलाई एमालेले देशको मध्य पहाडको समृद्धिको यात्रा मानेको छ । यसले मध्य पहाडमा बसोबास गर्ने जनताको वास्तविकता, त्यहाको रहनशन र पुष्पलाल मध्य पहाडी लोकमार्गको निर्माणको तरण र त्यस बिचमा आएको परिवर्तन बुझ्ने कार्यक्रमको मुख्य धेय देखिन्छ ।
देश र जनताको हितका लागि विकासको अभियानलाई तीव्रता दिन एमालेले सो संकल्प यात्रा सुरु गरेकाले त्यसमा नेपाली जनताको उत्साहजनक साथ देखिन्थ्यो । देश र जनताको हितमा एमालेले राष्ट्रव्यापी रुपमा अभियान सञ्चालन गरेकाले त्यसबाट कसैले पनि चित्त दुखाउने र कुण्ठा प्रकट गर्नुपर्ने अवस्था छैन ।
यस्तो खालको अभियान मार्फत वास्तवमा देश र जनता जाग्नु पर्छ । तपाई हामी सबैलाई जगाउनु पर्छ । जागेरै हामी सबैले देश बनाउने यस अभियानमा लाग्नु पर्छ । यो कसैको विरुद्ध छैन । देशको पक्षमा छ । जनताको पक्षमा छ र खास गरी मध्य पहाडी क्षेत्रको विकासको पक्षमानै यो अभियान चलेको होे ।
‘सम्वन्ध स्थानीय र सन्देश राष्ट्रि’ भन्ने मुलनाराको साथ आधा महिनाभन्दा वढी समयसम्मको लागि अगाडी सारिएको यात्राको पहिलो दिन मंसिर १४ गते १३० किमीको दूरी पार भएको थियो । प्रस्थान बिन्दु बैतडीको झुलाघाटहुँदै खाना खाने स्थान गोठलापानी, बासस्थान अमरगढी, सम्भावित भेटघाट बिन्दु त्रिपुरासुन्दरी, खोड्पे, अनारखोलीहुँदै अगाडी वढेको थियो । आरम्भ सभाः गोठलापानी र थप कार्यक्रम तुफान डाँडा भएको थियो ।
दोस्रो दिनमंसिर १५ गतेको दूरी ७० किमीरहेको थियो । जसको प्रस्थानबिन्दु अमरगढी, खाना खानेस्थान अमरगढी, बासस्थान सिलगढी, सम्भावित भेटघाट बिन्दु सकाली, गोपघाट, राजपुर चोक र दिपायल तय भएको थियो । त्यस दिनको सभा सिलगढीमा सम्पन्न भएको थियो । तेस्रो दिन मंसिर १६ गते । यात्राको दूरी १०५ किमी थियो । प्रस्थानबिन्दु सिलगढी, खाना खानेस्थान साँफेबगर । बासस्थान मंगलसेन, सम्भावित भेटघाट बिन्दु चौखुट्टे, मार्कु, साँफेबगर, बयलपाटा हुादै अगाडी वढेको थियो । सभा मंगलसेनमा भब्य बनेको थियो ।
चौथो दिन मंसिर १७ गते । दूरी १५४ किमी, प्रस्थान बिन्दु मंगलसेन । खाना खानेस्थान राकम, बासस्थान दैलेख । सम्भावित भेटघाट बिन्दु गैरी टाँड, जम्बुकाँध, चगत्रा, शीरस्थान, पेट्रोलियम उत्खनन् स्थल, दैलेख बजार भएर अगाडी वढेको थियो । सभा राकममा सम्पन्न भएको थियो । पाँचौं दिन मंसिर १८ गते । दूरी ७१ किमी प्रस्थान बिन्दु दैलेख बजार, खाना खाने स्थान गुराँसे । बासस्थान सुर्खेत । सम्भावित भेटघाट बिन्दुः डुँगेश्वर हुँदै सुर्खेतमा भब्य सभा भएको थियो ।
छैटौं दिन मंसिर १९ गते । दूरी १९२ किमी, प्रस्थान बिन्दु सुर्खेत । खाना खानेस्थान सिम्ता । बासस्थान रुकुमकोट, सम्भावित भेटघाट बिन्दु रातोमाटे, भेरी बबई डाइभर्सन, मेहेलकुना, सल्ली बजार, सिम्ली, सेरी गाउँहुँँदै पुनःनिर्माण सम्बन्धी छलफल कार्यक्रम रिम्नााम भएको थियो । सातौं दिन मंसिर २१ गते । दूरी १३० किमी प्रस्थान बिन्दु रुकुमकोट । खाना खानेस्थान बुर्तिबाङ, बासस्थान गल्कोट, सम्भावित भेटघाटबिन्दु लुकुमहुँदै वामी टक्सारमा भब्य जन सभा भएको थियो ।
आठौं दिन मंसिर २१ गते । दूरी १२० किमी, प्रस्थान बिन्दु गल्कोट, खाना खानेस्थान बाग्लङ, बासस्थान पोखरा, सम्भावित भेटघाट बिन्दु नयाँपुल, रामटार, काँडेहुँदै सभाः कुश्मामा सम्पन्न भएको थियो । नवौं दिन मंसिर २२ गते । दूरी १२० किमी प्रस्थान बिन्दु पोखरा , खाना खानेस्थान सुन्दर बजार, बासस्थानः गोरखा, सम्भावित भेटघाट बिन्दु भोर्लेटार, धमिलीकुवा पालुबटार भएर उक्त दिनको भब्य सभा सुन्दर बजारमा भएको थियो ।
दशौं दिन मंसिर २३ गते । दूरी १३२ किमी, प्रस्थान बिन्दु गोरखा बजार, खाना सल्यानटार, बासस्थान विदुर न.पा., सम्भावित भेटघाट बिन्दू आरुघाट, लपाबफेदी, सामरी भञ्ज्याबहुँदै सभाः विदुर न.पा.मा सम्पन्न भएको थियो । एघारौं दिन मंसिर २४ गते, दूरीः ८२ किमी प्रस्थान बिन्दु, विदुर न.पा., खाना मेलम्ची–१२, बाहुनेपाटी, बासस्थान धुलिखेल, सम्भावित भेटघाट बिन्दु छहरे, पाटीभञ्ज्याब हुँदै मण्डनदेउपुरको कुन्ताबेसीमा भब्य रुपमा जन सभा सम्पन्न भएको थियो ।
बाह«ौं दिन मंसिर २५ गते । दूरी १६० किमी, प्रस्थान बिन्दु धुलिखेल , खाना दोलखा, बासस्थान मन्थली र सम्भावित भेटघाट बिन्दु दोलालघाट, खाडीचौर, खरीढुंगा, किर्ने हुँदैभब्य सभा सभाः चरिकोटमा सम्पन्न भएको थियो । तेह्रौं दिन मंसिर २६ गते । दूरी १५७ किमी. प्रस्थान बिन्दु मन्थली, खाना खाने स्थान घुर्मी, बासस्थान दिक्तेल, सम्भावित भेटघाट बिन्दुः खुर्कोट, फिक्कल, हलेसी हुँदै हर्कपुरमा सभा भएको थियो ।
चौधौं दिन मंसिर २७ गते । दूरी ८४ किमी, प्रस्थान बिन्दु दिक्तेल, खाना खाने स्थान भोजपुर, बासस्थान भोजपुर, सम्भावित भेटघाट बिन्दुः अन्नपूर्ण भएर कार्यक्रम तथा छलफल भोजपुरमा भएको थियो । पन्ध्रौं दिनमंसिर २८ गते । दूरी ९४ किमी प्रस्थान बिन्दु भोजपुर, खानाखाने स्थानपाख्रीबास, बासस्थान बसन्तपुर, सम्भावित भेटघाट बिन्दु प्याउली, लेगुवा, पाख्रिबास भएर बसन्तपुरमा भब्य सभा सम्पन्न भएको थियो ।
सोह्रौं दिन मंसिर २९ गतेको लागि ९४ किमीको दूरी तय भएको थियो । प्रस्थान बिन्दु बसन्तपुरबाट अगाडी वढेर खानाखाने स्थान म्याबलुब, बासस्थान सक्रान्ति बजार, सम्भावित भेटघाट बिन्दु औंसीडाँडा हुँदै कार्यक्रम स्थालमा छलफल भएको थियो । सत्रौं दिन मंसिर ३० गतेको लागि ७६ किमीको दूरी तय गर्दै सक्रान्तिबजार हुँदै आठराईमा खानपानको व्यवस्था रहेको थियो । बासस्थान फिदिम भएर फिदिम बजारमा भब्य सभा सम्पन्न भएको हो ।
हिजो पुस १ गते, नेकपा एमालेले बैतडीको झुलाघाटबाट प्रारम्भ गरेको संकल्प यात्रा पाँचथरको चिवा भन्ज्याङ्ग पुगेर भब्य समापन भएको छ । त्यसबिचमा मध्य पहाडका जनतासंग भएको प्रत्यक्ष तथा परोक्ष साक्षत्कारलाई त्यहाँका जनताको वास्तविकता बुझी अगाडी वड्ने कुराले यतिबेला मध्य पहाडमा ठूलो उत्साह छाएको छ ।
झण्डै ३ हप्ता चलेको यात्रा मध्य पहाडका जनताहरु संग प्रत्यक्ष साक्षतकार हुनेमात्र नभएर विभिन्न कला, संस्कृति, परम्परा र स्थानीय जनताको वास्तविकताको ताजा वस्तुस्थितिको बारेमा जान्ने र बुझ्ने माध्यम बन्न पुग्यो । देशको ठूलो पाटी्र्रका शिर्ष नेतृत्वसंग जनताले आफ्नो माग राख्ने प्रत्यक्ष कार्यक्रम बन्यो ।
जनतामा एमालेप्रतिको विश्वाश र उत्साह वढीरहेको समयमा कतै कथित पहिचान वादीको नाममा त कतै एमालेको अभियानबाट अतालिएकाहरुबाट संकल्प यात्राको सन्देश र सफलताप्रति देखिएको प्रायोजित मनोरोगी आशय र अभिव्यक्त कुण्ठाग्रस्ता समर्थन दुबै घोर निन्दनीय भएको बताउन थालिएको छ ।
यसबाट एमाले अलिकतिपनि आत्तिनु पर्ने अवस्था छैन । झण्डै एक महिनासम्म चलेको अभियान एमालेको लागि एउटा अभूतपूर्व मायाँको अभियान हो । प्रेम हो अनि स्नेह । केहि कुण्ठित मनशाय बोकेका पितपत्रकारितामा रमाउन खोज्ने युटुबेहरुको रोइलोपनि देखियो । लाखौं जनताले देखाएको ऐक्यवद्धतामा उनिहरुको नजरै पुगेन । परिवारको तर्फबाट हैन र नभएको भन्दै बोलेको कुरामा ध्यान जाने त कुरै भएन । हाम्रो परिवार एमालेकै कार्यकर्ता भएको भन्दापनि पत्याइएन । जाँड खाएर लर्खराइ रहेको पेशेबर जड्याहाको पछि लागेको र अतिरञ्जनामा मुख मिठ्याउने प्रवृत्ति देखियो ।
यहि हो एमाले प्रतिको जनप्रेम र कुण्ठित मनाशय बोकेकाहरुको मनोदशा । यसमा एमाले दृढ संकल्पित हुनु पर्दछ । मिशन ८४ भनेर मात्रनभई मिशन जनता र मिशन गठबन्धनको जनताविरोधी अभियान भनेर लाग्नु पर्छ । यसबाटै एमालेको अब्बलता र जनप्रीयता थप वढेर जानेछ ।








