अभियान साहित्य कलाकार समाजको साधारण सभाले पशुपति दंगालको अध्यक्षतामा निर्विरोध कार्य समिति चयन गरेको छ । जसको उपाध्यक्षमा खगेन्द्र गुरागाईँ, सचिवमा घनश्याम गौतम, कोषाध्यक्षमा युगज्योति क्रियाशिल र सदस्यहरुमा सुरेश तिमिल्सिना, दिपेश सेढाई र गोबिन्द प्रसाद निरौला सर्व सम्मत रुपमा निर्वाचित हुनु भएको हो ।
शनिबार आयोजित अभियान पुरस्कार, सम्मान तथा स्मारिका बिमोचन कार्यक्रम सँगै सँस्थाले पहिलो साधारण सभा सम्पन्न गरेको हो । सँस्थामा कलाकार, साहित्यकार तथा समाजसेवी ब्यक्तित्वहरुको टिम रहेको छ । साहित्य, कला र सँस्कृतिको सँरक्षण तथा प्रवर्ध्दन गर्ने र सामाजिक कार्यमा सक्रिय रहेर समाजमा सकरात्मक परिवर्तनका लागि हातेमालो गर्ने उदेश्यले स्थापित सँस्थाले छोटो समयमै प्रभावकारी कार्यक्रमहरु गरिसकेको छ । आगामि दिनमा साहित्य कला र सँस्कृतिलाई जोड्दै बिकृति र बिसँगती बिरुद्ध सशक्त कलम चलाउने र आवाज उठाउने कार्यक्रमहरुलाई अभियानको रुपमा लैजाने निर्णय गरेको संस्थाका सचिव तथा कलाकार घनश्याम गौतमले जानकारी दिए । उक्त अवसरमा संस्थाले साहित्य, कला र समाजसेवा तर्फ ३ जना ब्यक्तित्वलाई सम्मान गरेको छ भने १ जनालाई रु दस हजारको अभियान पुरस्कार २०८० प्रदान गरेको छ । यस बर्षको अभियान साहित्य सम्मान रामेश्वर राउत मातृदास, अभियान कलाकार सम्मान देशभक्त खनाल, अभियान समाज सेवा सम्मान २०८० बाट राजन ढुङ्गेललाई सम्मानित गरिएको हो । त्यसै गरि विशेष योगदान सम्मान रमेश घिमिरेलाई र संस्थागत रुपमा विशेष कदर पत्र मध्यपुर थिमि नगरपालिका वडा न ३ को कार्यलयलाई प्रदान गरियो । नगद दस हजार सहित अभियान पुरस्कार भने प्रा डा राम प्रसाद ज्ञवालीलाई प्रदान गरिएको थियो ।
नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राईको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त कार्यक्रममा विशिष्ट अतिथिहरु हास्य ब्यङ्गकार चट्याङ मास्टर, बरिष्ठ कलाकार देशभक्त खनाल, बरिष्ठ समाजसेवि हरिप्रकाश पुडासैनी, मानबिय संस्था नेपालकी महासचिव उत्तरा नेपाल, मानव अधिकार एलाईन्स भक्तपुर जिल्लाका अध्यक्ष पुरुषोत्तम श्रेष्ठ लगायतका ब्यक्तित्वहरुको उपस्थिति रहेको थियो । सोहि अवसरमा संस्थाको प्रथम बार्षिक उत्सवको अवसर पारेर प्रकाशित गरिएको अभियान स्मारिका२०८० बिमोचन गरिएको थियो । कार्यक्रम मुल आयोजक समितिका संयोजक घनश्याम गौतम थिए भने कार्यक्रम सञ्चालन समता स्कुलका प्रिन्सिपल अजय अधिकारीले गरेका थिए ।