विश्व प्रसिद्ध कर्मयोगी रेड्क्रस अभियानको संस्थापक जाँ हेनरी ड्यूनाले इटालीको सल्फेरिनामा सन् १८५९ मा इटाली, फ्रान्स र अस्ट्रेलियामा भएको युद्धमा इतिहासको एउटा सबैभन्दा विभत्स मानव हत्याको भयावह दृश्य देखेपछि ड्यूनाको मनमा मानवताको पुकार गुञ्जन थाल्यो र वहाँले सन् १८६२ मा फ्रेन्स भाषामा “सल्फेरिनाको स्मृति” नामक पुस्तक प्रकाशन गरी सबै देशहरुमा एक स्वयंसेवी उद्धार संस्थाको आवश्यकता रहेको र त्यस्तो संस्थालाई अन्तराष्ट्रिय सन्धि सम्झौताद्धारा मान्यता प्रदान गरिनुपर्ने जस्ता दूददृष्टि परिकल्पनाका प्रस्तावहरु विश्व सामु प्रस्तुत गर्नुभयो जस्ले विश्वमा ठूलो चर्चा पायो र वास्तविकताको बाटो समेत देखायो ।
ड्यूनाले सन् १८६३ मा आफ्ना चार सहयोगीहरुसँग मिलेर घाइतेहरुका उद्धारका निमित्त अन्तराष्ट्रिय समितिको नाउँबाट स्थापना भएको रेडक्रसले सन् १८७५ मा आएर रेड्क्रसको अन्तरिाष्ट्रिय समिति क्ष्ऋच्ऋ को नामबाट आजसम्म पनि विश्वभरि क्रियाशिल रहेको छ । विश्व रेड्क्रस अभियानका अङ्गहरुमा रेड्क्रिसेन्ट सोसाइटीहरुको अन्तरिाष्ट्रिय महाँसंघ जेनेभा, महासन्धिमा हस्ताक्षर गर्ने राष्ट्रहरु कुनैपनि राष्ट्रमा रेड्क्रस स्थापना गर्नका लागि त्यस देशको सरकारले जेनेभा महासन्धिमा हस्ताक्षर गर्न, अनिवार्य छ र अन्तराष्ट्रिय सम्मेलनमा सहभागी भएकाहरुलाई रेड्क्रसको अन्तराष्ट्रिय समिति र अन्तराष्ट्रिय महासंघलाई संयुक्त राष्ट्र संघको महासभामा पर्यवेक्षकको हैसियत प्रदान गराई अन्तराष्ट्रिय रेड्क्रस आयोजनाका सात आधारभूत सिद्धान्तहरु मानवता, निष्पक्षता, तटस्थता, स्वाथिनता, ऐच्छिक सेवा एकता, विश्व व्यपकता छन् । यसैका आधारमा रेड्क्रसका गतिविधिहरु तथा काम गर्ने तौरतरिकाहरु निर्देशित हुन्छन् । यसरी स्थापित रेड्क्रस आजसम्म आइपुग्दा बदलिंदो विश्व परिवेश र घट्दो सामाजिक अन्तर सम्बन्ध र बढ्दो व्यक्तिवादी प्रवृत्तिले जटिल बन्दै गएको करिब ६० औं वर्षको इतिहासमा केन्द्रिय नेतृत्व विहिनको यस घडिमा मानवीय व्यवहार र सहयोगको सन्दर्भमा रेड्क्रस अभियानको महत्व अझ बढेर गएको यस अवस्थामा अभियानलाई संस्थागत साथै सांगठानिक ढंगले सक्षम सुदृढ एवं व्यापक बनाउँदै लैजानु आजको आवाश्यकता हो मानवीय सेवा र उद्धार कार्यलाई प्रभावकारी बनाउन यसले थुप्रै चुनौती एवं अप्ठेराको सामना गर्नुपर्ने स्थिति सिर्जना भएको छ । रेड्क्रस अभियानलाई राष्ट्रिय प्रदेश , जिल्ला र अन्तराष्ट्रिय तहमा परिष्कृत एवं परिमार्जन गर्दै सिजर्नात्मक र रचनात्मक ढंगले मानवीय सहयोग र सद्भाव अभिप्रेरित गर्ने आधारशिला बनाउन निरन्तर प्रयास अपेक्षित भएको छ । साथै कुनै पनि राजनैतिक विचार र वादको प्रभावबाट मुक्त गरी एक मात्र मानवीय सेवा रेड्क्रस कानुन मार्फत सामाजिक विकास रेड्क्रसको महत्व र विश्वास जित्ने तथा बढेर जाने कुरामा दुईमत नहोला ।

रेड्क्रसको सेवा सबै मानव समुदायका लागि अति आवश्यक भएकाले यस संस्थाले सबै क्षेत्रबाट सहयोग सद्भाव आर्जन गर्नसक्नु पर्दछ । साथै संस्थागत एवं आर्थिक रुपले पनि पारदर्शी र सक्षम हुनु आवश्यक छ । स्रोत र साधनको अभावमा महत्वपूर्ण मानवीय राहत र उद्धार सेवा प्रभावकारी र सहज हुन नसक्ने तथ्यलाई पनि राम्ररी बुझ्न जरुरी छ । रेड्क्रस अभियानलाई सामूहिक सहभागिता र रुचीका अधारमा दिगो व्यवस्थापनको माध्यमबाट अगाडि बढाउन सकिएमा मात्र यस अभियानबाट विश्वमानव समुदाय लाभान्वित हुनुका साथै यसको लक्षित उद्देश्यले व्यावहारिक रुप लिन सक्दछ ।
रेड्क्रस अभियानको महत्व दिन प्रतिदिन बढ्दै र अपरिहार्य बन्दै गएको छ । यस परिप्रेक्षमा विद्यमान सामाजिक आर्थिक दलिय चुनौतीहरुलाई समना गर्दै निकट भविष्यमा आइपर्ने सम्भावित मानवीय प्राकृतिक एवं दैविक विपति र समस्याहरुबाट मानव समुदायमा नकारात्मक प्रभाव पर्न सक्दछ । जति दुःख र जोखिमलाई न्यूनिकरण गर्दै मानवीय सहयोग र उद्धार कार्यलाई व्यवस्थित र समयानुकुल बनाउन रेड्क्रस सोसाइटीलाई सुदृढ बनाउनु एक मात्र विकल्प देखिएको छ ।
हाल विश्वका १९२ भन्दा बढी देशहरुमा राष्ट्रिय रेड्क्रस सोसाइटीको स्थापना गरिएको छ । स्थापित केहि निकायहरु सक्षम भरपर्दाे र सांगठानिक रुपले सुदृढ छन् भने केहिको अवस्था अझै कमजोर छ । स्वयम् सेवकहरुको उत्साह र साहसका भरमा मात्र अस्तित्व कायम गरी रेड्क्रस अभियानलाई मानव जीवनको अभिन्न अंग बनाउन रेड्क्रसका प्रत्येक अंगहरुलाई सक्षम क्रियाशिल र भरपर्दाे तुल्याउन रेड्क्रस सोसाइटीलाई नै स्वयत बनाई रेड्क्रस अभियानलाई जनस्तरमा पु¥याउने र जनतालाई स्वत स्पूmर्त रुपमा यस अभियानमा सरिक गराउने कार्यमा महत्वपूर्ण भूमिका र जिम्मेवारी बहन गरी रेड्क्रस अभियानको उद्देश्य आवश्यकता र महत्वलाई विभिन्न माध्यम विचार र दृष्टिकोणबाट जनस्तरमा पु¥याउन जनता र सरकार वीच पुलको काम गर्ने दिशामा राष्ट्रिय रेड्क्रस सोसाइटीले थप दायित्व र जिम्मेवारी लिनु बहन र क्रियाशिल हुनुपर्ने खाँचो अनुभव गरिएको छ ।
रेड्क्रस अभियान मानवीय सुरक्षा सहयोग र सद्भाव अभिवृद्धि गर्ने सामाजिक अभियान भएकाले यसको प्रयोग मानव कल्याण शान्ति र सद्भाव उद्देश्यपूर्ति गर्ने र भावी पुस्तालाई सामाजिकीकरण गर्दै मानवीय व्यवहार र संवेदना पुनस्थापित एवं पुन गतिशिल बनाउन सबै क्षेत्रको प्रतिवद्धता र सहयोग अपेक्षित हुन्छ । विश्वमा रेड्क्रसका गतिविधिहरु यसको उद्देश्य अनि ति उद्देश्यहरुको कार्यान्वयनको कार्यशैलीबाट तयार भएको जनशक्तिले संकटा पन्नता घटाउन योगदान पुगेको छ । तसर्थ रेड्क्रसका गतिविधिहरु सञ्चालन गर्न राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा यसको छवि उच्च राख्नु आवश्यक छ । राष्ट्रिय रेड्क्रसको रुपमा नेपाल रेड्क्रसको केहि वर्ष देखि छवि जोगाउनु प्रमुख चुनौती रहेको छ साथै यसको कानूनी हैसियत बनाउन नसकेकाले अन्य गैर सरकारी संस्थासँग तुलना गरिएको छ । साथै रेड्क्रसमा जवाफदेहिता र पाददर्शिता संस्थाप्रति आमजनता , राज्य समुदाय र दातृ संस्थाले विश्वास गर्ने प्रमुख आधार हुन् । संस्था सञ्चालनको प्रक्रियामा जवाफदेहिता र पारदर्शिता भएन भने नेतृत्वमा र संस्थाप्रति नै प्रश्न उठ्छ र संस्थाप्रतिको विश्वास जोगाई राख्न मुस्किल हुन्छ ।
रेड्क्रस सरकारको सहयोगी संस्था हो । तसर्थ राज्य र रेड्क्रसका विभिन्न स्तरका संरचना वीच विश्वसनीय र निरन्तर सक्रियताप्रति जति बढ्यो त्यति मात्रामा अन्तराष्ट्रिय सहयोग र सद्भाववृद्धि भई रेड्क्रस अभियान विश्वमानव समुदायको आस्थाको केन्द्रविन्दु बन्ने केरा नकार्न सकिदैन । लेखक ने.रे.सो.काभ्रेका उप मन्त्री हुनुहुन्छ ।

–नव क्षितिज साप्ताहिकबाट