हाम्रा राष्ट्रिय चाडपर्व मध्येको तिहार एक महत्त्वपूर्ण चाड हो। यो चाड प्रत्येक वर्ष दशैंपछि कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक सुक्ल दित्तीयासम्म मनाइन्छ । यी दिनमा काग(तिहार, कुकुर(तिहार, गाइ(तिहार, गोरु(तिहार, र भाइ(तिहार गरी जम्मा पाँच दिन मनाइन्छ । तिहारलाई “यमपञ्चक” र “दीपावली’ का रूपमा पनि चिनिन्छ। नेपाल देशभरका हिन्दूहरूले यो चाड धूमधामसँग मनाउँछन्। नेपाल बाहिर बस्ने हिन्दू नेपालीहरूले पनि यस चाडलाई उतिकै महत्त्वका मनाउँछन्। तिहारको समय राष्ट्रिय बिदा नै हुन्छ । आम मानिस शहरबाट गाउँ गाउँमा तिहार बनाउन जान्छन् ।

तिहारको पहिलो दिनलाई काग(तिहार भनिन्छ । यो दिन कुकुर(तिहार कार्तिक महिनाको कृष्ण पक्षको चतुर्दशी तिथि परेको दिन पर्दछ। यस दिन मीठा(मीठा खाने कुरा दिई माला लगाई सिँगारपटार गरी कुकुरको पूजा गरिन्छ। घरपालुवा जनावरका रूपमा रहेको र घरकै रखवारी गर्न पालिने कुकुरलाई कालका देवता यमराजको दूतका रूपमा मणि पूजा गर्ने प्रथा हाम्रो समाजमा उहिलेदेखि नै चली आएको प्रथा हो। वर्षमा एक दिन कुकुरको पूजा गर्दा पनि एक किसिमको रमाइलै हुन्छ।

तिहारको तेस्रो दिनलाई गाई(तिहार भनिन्छ। यो दिन लक्ष्मीपूजाका नामले निकै प्रसिद्ध छ। कार्तिक महिना कृष्ण पक्षको औँसीका दिन यो चाड मनाइन्छ । यस दिन गाई र धनको पूजा गर्ने गरिन्छ। यस दिन बिहान गाईको पूजा गरिन्छ अनि राति घरघरमा दीपावली गरी धनकी देवी लक्ष्मीको पूजा गरिन्छ। गाई हाम्रो राष्ट्रिय जनावर हो र यसलाई हिन्दूहरू लक्ष्मीका रूपमा पनि मान्दछन् । त्यसैले यस दिन गाईलाई फुलको माला लगाएर थरथरीका मीठा मीठा खाने कुरा खान दिई गाई पूजा गरिन्छ। यसै दिन राती घरघरमा दीपावली गरी धनकी देवी लक्ष्मीको श्रद्धा भक्ति पूर्वक पूजा गर्ने प्रचलन हाम्रो हिन्दू समाजमा छ । धनकी देवी लक्ष्मीले कृपा गरिन् भने धन धान्य भइन्छ भन्ने विश्वास सबै हिन्दूहरूमा रहेको छ। यस दिन लक्ष्मीलाई खुसी पार्न सकियो भने घरमा सधैँ लक्ष्मीको बास हुन्छ भन्ने विश्वास पनि सबै हिन्दूहरूमा रहेको पाइन्छ। त्यसैले यस दिन घरमा भए जति रुपैयाँ(पैसा र गर(गहनाहरू एकै ठाउँमा भेला पारी कलश राखी लक्ष्मीको पूजा गरिन्छ। यस दिन साँझपाखदेखि नै घर, गोठ, जताततै बत्ती बालेर झिलिमिली परीने हुनाले यस दिनलाई तिहारको महत्त्वपूर्ण दिनको रुपमा मानिन्छ। यसै दिन दीपावलीको झिलिमिली सबैतिर परिने हुँदा तिहार चाडलाई ‘दीपावली’ समेत भन्ने गरिएको हो। यस दिन प्रायस् घरघरमा सेल तथा अन्य मीठा(मीठा परिकारहरू पकाई खाने चलन पनि हाम्रो नेपाली समाजमा चलेको छ। साँझदेखि नै यस दिन केटीहरू घरघर गाई भैलो खेल्ने गर्दछ। अनि भैलो खेले बापत घनमूलीले श्रद्धाले दिएका सेल, रुपैयाँ आदि लिई उनीहरू रमाउँछन् । धार्मिक(संस्कृतिक दृष्टिले यो लक्ष्मीपूजा हाम्रो समाजमा महत्त्वपूर्ण रहेको छ । धनकी देवी लक्ष्मी प्रति श्रद्धा व्यक्ति गरिने यो दिन नेपालीहरूका लागि सार्‍है महत्त्वपूर्ण छ।

तिहारको चौथो दिनलाई गोरु(तिहारका रूपमा मनाइन्छ। यो तिहार कार्तिक महिनाको शुल्क पक्षको प्रतिपद तिथिमा पर्दछ। यस दिन गोवर्धन पूजा र गोरुको पूजा गरिन्छ। यस दिनलाई हाल तिहार पनि भनिन्छ। यस दिन खास गरी गाई(गोरुका गोबरबाट पहाड जस्तो बनाई त्यसैलाई गोवर्धन पर्वत मानेर पूजा गर्ने गरिन्छ। त्यसै गरी यस दिन गोरुको पूजा गर्ने चलन छ । कृषिप्रधान देश नेपालमा खेतीपाती गर्ने नभई नहुने गोरुको वर्ष भरमा आउने यस दिनमा जुन पूजा गरिन्छ त्यो पनि हाम्रो हिन्दू समाजको एक रमाइलाई पक्ष हो। यस दिन गोरुका अतिरिक्त खेतीपातीका लागि नभई नहुने हलो, जुवा आदि जस्ता साधनहरूको पनि पूजा गर्ने प्रचलन छ। हलियाहरुलाई पनि यस दिन नयाँ लुगा, रुपैयाँ, धन, चामल आदि दिने गरिन्छ । त्यसै गरी केटाहरूले घरघर गाई देउसी खेल्ने दिन पनि चलन छ । हिजोआज विभिन्न सामाजिक कार्यका लागि खर्च जुटाउने उद्देश्य लिएर पनि आम मानिसहरूले देउसी खेल्ने गर्दछन् । गाउँ(शहर जहाँ पनि बडो उत्सुकताका साथ देउसी खेलेर यो दिन भव्यताका साथ मनाइन्छ । काठमाडौं उपत्यकाको नेवार समुदायमा यसै दिन आफ्नो सुखी जीवनका लागि महस् पूजा गर्ने चलन पनि छ । यसै दिन नेपाल संवत अनुसारको वर्ष पनि धूमधामकन साथ मनाइन्छ।

तिहारको पाँचौं दिन वा अन्तिम दिन भाइ(तिहारका रूपमा प्रसिद्ध छ। कार्तिक महिनाको शुल्क पक्षको दोस्रो दिन यो चाड पर्दछ। यो चाड दिदी(बहिनी दाजुभाइले टीका लगाएर पुज्ने र सेल, मिठाई आदि परिकार खान दिन अनि दाजुभाइले दिदी बहिनीलाई दक्षिणा, उपहार आदि दिने रमाइलो दिन पनि हो। यस दिनलाई ‘भाइटीका’ पनि भनिन्छ। यसै दिन कालका देवता यमराज पनि आफ्नी बहिनी यमुना कहाँ टीका लगाउन जाने कथा हिन्दू पुराणमा उल्लेख गरिएको छ। यस दिन दिदी(बहिनीले दाजु(भाईलाई निधारमा चामलको पीठो दली त्यसमाथि सप्तरंगी टीका लगाई सयपत्री र मखमली फुलको माला लगाइन्छ । टिका लगाउनु अगाडि कपालमा तेल हाली मीठो(मीठो खानेकुरो खान दिई आ(आफ्ना दाजुभाइको दीर्घायु र निरोगिताको कामना गरिन्छ । दाजुभाइले पनि दिदी बहिनीलाई दक्षिणा तथा सौगातहरू दिई खुसी पार्दछन्। यस दिनले दाजुभाइ तथा दिदी बहिनीहरु बीचको अन्तर सम्बन्धलाई निकै गहिरो तुल्याइ दिन्छ। त्यसैले यो दिन तिहार चाडको निकै महत्त्वपूर्ण दिनको रुपमा लिइन्छ । तिहार हिन्दूहरूको निकै रमाइलो चाड हो । यस चाडमा थरथरीका रमाइला कार्यक्रमहरू पनि मनाइन्छन्।

यस चाडमा खास गरी पटका पट्काउने, देउसी भैलो खेलेर मनोरञ्जन लिने चलन पनि निकै बढ्दो छ । तर यसबाट मानिसको अंगभंग हुनका साथै ज्यान जाने खतरा पनि उतिकै रहन्छ। त्यसै गरी यस चाडमा खेलिने भैलो र देउसीलाई पैसा कमाउन मध्यम बनाउने नराम्रो परम्परा पनि बढ्दो छ । यस्ता नराम्रा कामहरू गर्दा कहिलेकहीँ एक(अर्कामा झगडा पनि हुने गरेको स्थिति केही समय यता देखिदैं छ । त्यस्तै यस चाडमा कसै(कसैले धेरै रुपैयाँ खर्च गरी ज्यादै तडकभडक पनि देखाउँने गरेको पाइन्छ । “घाँटी हेरी हाड निल्नुपर्दछ” भनेझैं सबैले आ(आफ्नो औकात अनुसार खर्च गरी यस्ता चाडबाडहरू मनाउनुपर्दछ ।