काभ्रेपलान्चोक – राष्ट्रिय युवा संघ नेपाल बनेपा नगरस्तरीय वृहत युवा भेला तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ । आज शनिबार नेकपा एमालेका युवा नेता एवं पूर्व मन्त्री गोकुल बास्कोटाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै पूर्व मन्त्री गोकुल बास्कोटाले अबको राजनीतिको जिम्मा युवा वर्गले लिनु पर्ने बताउनु भयो । साथै उहाँले जनताको जिम्मा लिने पार्टी एमालेबाहेक अरु नभएको ठोकुवा गर्नु भएको छ । युवा शक्तिले नै संसारमा उल्लेखनीय कामहरु भएको र युवा सिजर्नात्मक कार्यमा लागि समाजको मुहार परिवर्तन गर्ने भएकाले बनेपा नगरको युवाहरु एक जुट भएर समाज परिवर्तनमा लाग्न अग्रह गर्नु भयो । बास्कोटाले बैशाख ३० को स्थानीय तहको चुनावमा नेकपा एमालेले काभ्रेको सबै सिट जित्ने दाबी गर्नु भएको छ ।         

उता राष्ट्रिय युवा संघ नेपाल काभ्रे जिल्ला अध्यक्ष सगर रायमाझीले आउदै गरेको स्थानीय चुनावमा एक बुथमा एक सय राष्ट्रिय युवा संघ नेपालका युवा परिचालन गर्ने बताउनु भएको छ ।

कार्यक्रममा बनेपा नगर कमिटीका अध्यक्ष रत्न कुश रन्जितले युवा संघले व्यक्तित्व विकास मात्र नभई नेतृत्व विकास समेत गर्ने हुँदा संघमा युवाहरु बढी आकर्षित भएको बताउनु भयो । उहाँले युवा संघमा आउने युवाहरु क्षमतावान भएको दावी गदै युवा संघबाट नेता जन्मिने बताउनु भएको छ । कार्यक्रममा राष्ट्रिय युवा संघ नेपाल बनेपा नगर कमिटी अध्यक्ष रत्न श्रेष्ठको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो । 

कार्यक्रममा नेपाली कांग्रेस, माओवादी, समाजवादी लगायत अन्य पार्टी परित्याग गरि २०० जना युवाहरु नेकपा एमालेमा प्रवेश गरेका थिए ।

कार्यक्रममा जिल्ला समन्वय समितिको अध्यक्ष उद्धव के.सि, प्रदेश कमिटी सदस्य कुमार तिमल्सिना, जिल्ला कमिटी सचिवालय सदस्य एवम् बनेपा नगर इन्चार्ज हरिशरण दाहाल, मुक्ति बिष्ट, बिक्रम चौलागाईं, आत्माराम थापा, अनेमा संघ काभ्रे जिल्ला अध्यक्ष बिमल सापकोटा, जिल्ला कमिटी सदस्य राम शरण दाहाल, रबिन्द्र बैदार, श्याम सापकोटा अन्य जिल्ला कमिटी सदस्यहरु, नेकपा एमाले बनेपा नगर कमिटीका पदाधिकारी, लगायत युवाहरुको बाक्लो उपस्थिति रहेको थियो ।