हेटौंडा, मकवानपुरमा नेपाल डेरी एसोसिएसन बागमती प्रदेश अन्तरगत मकवानपुर जिल्ला समिती नेपाल डेरी एसोसिएसनका केन्द्रिय अध्यक्ष राधाकृष्ण सापकोटाज्क प्रमुख आतिथ्यता एवं बागमती प्रदेश अध्यक्ष टिका प्रसाद घिमिरेको अध्यक्षतामा सम्पन्न भयो।
कार्यक्रममा नेपाल डेरी एसोसिएसनका निवर्तमान अध्यक्ष सुमित केडिया, उपाध्यक्ष राजन दाहाल, केन्द्रिय महासचिव प्रल्हाद दाहाल, सदस्य तिर्थ अधिकारी, रामभक्त दाहाल तथा डेरी उद्योगीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि सापकोटाले नेपाल डेरी एसोसिएसन देश भरि छरिएर रहेका डेरी व्यावसायिहरुको राष्ट्रिय संगठन भएको आजको यो कार्यक्रमले पुष्टि गरेको बताए । बिशेष अतिथि केडियाले संस्थाले के दियो भन्दापनि संस्थालाई के दिने र कसरी संस्था बलियो बनाउने तर्फ लग्नु पर्ने र संस्था नै सबै कुराको समाधान खोज्ने उपाय हो भन्नु भयो । उपाध्यक्ष एवं संस्थापक सदस्य राजन दाहालले संस्था जन्माउन जति गार्हो छ चलाउन झन गार्हो हुने तर सबैजना लागि परे असम्भब पनि छैन । सबैजना संस्था प्रति जिम्मेवार भएकोले खुशी व्यक्त गर्नुभयो । केन्द्रिय सदस्य तिर्थ अधिकारीले यस क्षेत्रमा जिल्ला समिती गठन गरि उद्योगीहरुको हकहितमा काम गर्न अधिकार प्रदान गरेकोमा एसोसिएसनलाई धन्यवाद दिँदै नयाँ गठित जिल्ला समितिलाई शुभकामना दिनुभयो भने अर्का सदस्य रामभक्त दाहालले कार्यक्रमको सफलता तथा नयाँ जिल्ला समितिलाई शुभकामना व्यक्त गर्नुभयो । अन्त्यमा बागमती प्रदेश अध्यक्ष एवं कार्यक्रमका सभापति टीका प्रसाद घिमिरेले खुशी ब्यक्त गर्दै प्रदेशले जिल्ला समितीलाई आवश्यक सबै किसिमको सहयोग गरि अगाडि बढाउने प्रतिबद्धता ब्यक्त गर्नु भयो ।
भेलाबाट निम्नानुसार पदाधिकारी एवं सदस्यहरु निर्वाचित गरिएको छ । जसमा अध्यक्ष राजु श्रेष्ठ, उपाध्यक्ष प्रबिण हुमागाई, सचीव अमिर ढकाल, कोषाध्यक्ष ईश्वर बर्तौला र सदस्यहरु सुमन सिवाकोटी, सुरेन्द्र साह, सृजन कोइराला रहनु भएको छ ।








