बनेपा,उग्रतारा बहुउद्देश्यीय सहकारी संस्था लि., बनेपाको १६ औं वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ ।
बनेपा नगरपालिकाका प्रमुख लक्ष्मीनरसिंह बादे श्रेष्ठको प्रमुख आतिथ्यता र अध्यक्ष पूर्णप्रसाद पलाञ्चोकेको अध्यक्षतामा भएको कार्यक्रममा सभाका प्रमुख अतिथि बनेपा न.पा.का मेयर लक्ष्मीनरसिंह बादेले संस्थाका जेष्ठ शेयर सदस्य तथा संस्थामा उत्कृष्ठ कारोबार गर्ने सदस्यहरुलाई सम्मान गर्दै सहकारीहरुको नियमित अनुगमन गरी सहकारीलाई जोखिममुक्त गरिने बताउनु भएको थियो,त्यसै गरी बिशेष अतिथि बनेपा न.पा.वडा नं ७ का वडा अध्यक्ष श्री बर्ण शाक्यले बनेपा बजारमा ब्यबस्थापन हुन नसकेको फोहोरको कारण आफुलाई बाहिर निस्कन गाह्रो भएको र बनेपा बजारलाई फोहर रहित तुल्याउन आफु प्रयासरत रहेको जानकारी दिनु भएको थियो । कार्यक्रमका अर्का अतिथि जिल्ला बहुउद्धेश्यीय सहकारी संधका संचालक हरिबहादुर श्रेष्ठले बहुउद्धेश्यीय कारोबार गर्न चुनौती रहेको बताउनु भयो । संस्थाका अध्यक्ष पूर्ण प्रसाद पलाञ्चोकेको सभापतित्वमा सम्पन्न साधारण सभामा प्रमुख कार्यकारी कृष्णभक्त थापाले स्वागत मन्तव्य तथा धन्यबाद ज्ञापन उपाध्यक्ष पुष्पकाजी श्रेष्ठले गर्नु भएकोमा सचिब दियेसरत्न शाक्यले सचिबको, लेखा सुपरीबेक्षण समितिको बार्षिक प्रतिबेदन तथा कोषाध्यक्ष लक्ष्मीलाल राजभण्डारीले आ.ब.०७५÷०७६ मा संस्थाको शेयर पुंजी ५ करोड २१ लाख २५ हजार,कुल वचत ५७ करोड १७ लाख ९८ हजार,कुल कर्जा सापट ५२ करोड ५७ लाख २९ हजार, खुद बचत(नाफा) १ करोड ५३ लाख ५५ हजार गरी जम्मा सम्पत्ती ७२ करोड ७२ लाख १९ हजार रहेको आर्थिक प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो । संस्थामा २४ सय ११ शेयरसदस्य र ५ करोड २१ लाख २५ हजार शेयर पूंजी रहेको छ ।
उक्त साधारण सभाबाट ४ बर्षे कार्यकालको लागि संचालक समितिका अध्यक्षमा पूर्णप्रसाद पलाञ्चोके, उपाध्यक्षमा पुष्पकाजी श्रेष्ठ, सचिबमा दियेस रत्न शाक्य, कोषाध्यक्षमा लक्ष्मीलाल राजभण्डारी, सदस्यहरु प्रकाश चन्द्र जोशी,उद्धव प्रसाद तिमिल्सिना,श्यामकृष्ण श्रेष्ठ,बिद्या कोख श्रेष्ठ प्रधानांग र दिब्यश्वरी लाखे पोटे तथा लेखा सुपरीबेक्षण समितिको संयोजकमा शान्तीराज कायष्थ तथा सदस्यहरुमा महेश्वरभक्त भोछिभोया तथा सुधिर पलाञ्चोके निर्बिरोध निर्बाचित हुनु भएको प्रमुख कार्यकारी अधिकृत कृष्णभक्त थापाले जानकारी दिनुभयो ।







