धुलिखेल मेयर कपको बिजेता पाँचखाल


धुलिखेल, धुलिखेल मेयर कप फुटबलको उपाधि पाँखाल स्पोर्ट्स एकेडेमीले जितेको छ । शुक्रवार भएको फाइनल खेलमा काभ्रे बोर्डर युथ क्लब लाई २–० ले हराउँदै पाँचखालले उपाधि जितेको हो ।
आकाश भैरव क्लबको आयोजनामा मंसिर २६ गते देखि शुरु भएको प्रतियोगितामा विभिन्न जिल्लाका १९ टिम सहभागिता जनाएको थियो । विजेता टिम पाँचखालका लागि २५ मिनेटमा उर्गेन शेर्पाले पहिलो र युवराज ढकालले पहिलो हाफको अतिरिक्त १ मिनेटमा गोल गरेका थिए ।
उर्गेन म्यान अफ द म्याच घोषित भए । पाँचखाल स्पोर्ट्स एकेडेमीका अनिल तामाङ उत्कृष्ट खेलाडी घोषित भए । पाँचखालकै अनिल खड्का उत्कृष्ट मिडफिल्ड, चन्दन दास सर्वाधिक गोलकर्ता, विष्णु केसी उत्कृष्ट गोलरक्षक र काभ्रे बोर्डरका सतिस सुवाल उत्कृष्ट डिफेन्स घोषित भए । विजयी टिमले नगद २ लाख र उपविजेताले १ लाख सहित ट्रफी र मेडल पाएका छन । धुलिखेल नगरपालिका प्रमुख अशोककुमार व्याञ्जु श्रेष्ठले पुरस्कार प्रदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्