काभ्रे जिल्ला बनेपा न.पा.वडा नं ७ मा संचालन भइरहेको उग्रतारा बहुउद्देश्यीय सहकारी संस्था लि.का अध्यक्ष श्रीपूर्ण प्रसाद पलाञ्चोकेको अध्यक्षतामा संस्थाको आफ्नै सभाहलमा शनिवार आ.ब.२०७५।०७६ को कारोबारको समीक्षा र चालु आ.ब.२०७६।०७७ को नीति,कार्यक्रम तथा बजेट सम्बन्धी छलफल भएको छ ।
त्यस अबसरमा संस्थाका कार्यकारी प्रमुख कृष्णभक्त थापाले गत आ.ब.२०७५।०७६ मा संस्थाको शेयर पुंजी ५ करोड २१ लाख २५ हजार,जगेडा तथा अन्य कोष गरी २ करोड ५६ लाख ८७ हजार रहेको,कुल बचत ५७ करोड १७ लाख ९८ हजार गरी कुल कारोबार ७२ करोड ७२ लाख १९ हजार रहेकोमा चालु आ.ब.२०७६।०७७ को लागि कुल रु ७८ करोड ३४ लाख ८० हजारको अनुमानित बजेट पेश गर्नु भएको थियो । उक्त कार्यक्रममा संस्थाका सल्लाहकारहरु ,संचालक समिति तथा लेखा ब्यबस्थापनका पदाधिकारीहरुको साथै सबै उपसमितिका पदाधिकारीहरु तथा कर्मचारीहरुको उपस्थिती रहेको थियो ।







