महाभारत, महाभारत गाउँपालिकाको आर्थिक सहयोगमा म्हारम्हेन्दो बाल संरक्षण समाज नेपाल महाभारत–५, को आयोजनामा मंगलबार बिभिध कार्यक्रमका साथ राष्ट्रिय वाल दिवस कार्यक्रम २०७८ मनाईएको छ ।
महाभारत–५, चारकिल्लामा बालदिवसको अवसर पारी आयोजित कार्यक्रममा बागमती प्रदेश सभा सदस्य रत्न ढकालको प्रमुख आतिथ्यता रहेको थियो । म्हारम्हेन्दो बाल संरक्षण समाज नेपालका अध्यक्ष सुबास जिम्बाको सभापतित्वमा भएको कार्यक्रममा विशेष अतिथीहरु महाभारत गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरिसिं बिस्ट, महाभारत गाउँपालिकाका प्रबक्ता रबिन मोक्तानको रहेको थियो ।
कार्यक्रममा विशेष आकर्षण राष्ट्रिय कलाकार सुरबिर पण्डित (दारी बा) लगाएतका कलाकारहरु रहेका थिए । गाउँपालिका भरिका ११ ओटा बिद्यालयको सहभागीता रहेकोमा ९ बिद्यालयका बालबालिकाहरुले बाल अधिकारका बिषयमा रचना बाचन गरेका थिए ।
सहभागीलाई प्रमुख अतिथिले प्रमाण पत्र बितरण र उत्कृष्ट म्हेन्दोफोले प्राबिको सडक नाटकलाई रु २ हजार नगद सस्थाका अध्यक्ष सुबास जिम्बाले बितरण गरेका थिए ।









