काठमाडौँ, दार्चुला घटना र नेपाली आकाशमा अनधिकृत भारतीय उडान गरेको विषयमा सरकार चुप लागि रहेका बेला सत्ता गठनबन्धनमा आबद्ध दल नेकपा (एकीकृत समाजवादी) को भ्रातृ सगंठन अनेरास्ववियूले शुक्रबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरेको छ ।
अनेरास्ववियुका अध्यक्ष सुरेश पराजुलीको नेतृत्वमा रत्नराज्यलक्ष्मी क्याम्पस परिसरमा मोदीको पुत्ला दहन गरेको हो । भारतीय हेलिकोप्टरहरू अनुमतिबिनै पटक–पटक दार्चुलामा प्रवेश गरेको समाचार आएपछि विद्यार्थीहरूले प्रदर्शन गरेका हुन् ।
उनीहरूले महाकाली नदी तर्ने क्रममा भारतीय सुरक्षाकर्मीले तुइन काट्दा बेपत्ता रहेका जयसिंह धामीले न्याय पाउनु पर्ने माग गरेका थिए ।







