काभ्रेका सबै स्थानीय सरकारको बजेट सार्वजनिक


 

बनेपा, काभ्रेपलाञ्चोक जिल्लाका सबै स्थानिय सरकारले आगामी आर्थिक वर्ष २०७८÷०७९ का लागि निति कार्यक्रम र बनेट प्रस्तुत गरेका छन । सबै पालिकाको बजेटमा स्थानीय आवश्यकता अनुसारको पूर्वाधार निर्माण, कोभिड–१९ रोकथाम, नियन्त्रण र ब्यवस्थापन, स्वास्थ्य, शिक्षा, कृषि, पशुपालन, सिपमुलक कार्यक्रमलगायतलाई प्राथमिकता दिईएका छन ।
बनेपा नगरपालिकाकाले आर्थिक वर्ष २०७८÷७९ का लागि १ अर्व ५५ करोड ६९ लाख ६८ हजार रुपैयाँको बजेट ल्याएको छ । बजेटमा कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रतर्फ २६ करोड ९ लाख, आर्थिक विकास क्षेत्रतर्फ २ करोड ३२ लाख, सामाजिकविकासतर्फ ५ करोड ५० लाखपूर्वाधार विकासतर्फ १० करोड ६८ लाख लगाएत विभिन्न क्षेत्रमा प्रस्ताव गरिएको छ ।
नगर सभामा नगर प्रमुख लक्ष्मी नरसिं बादेले आर्थिक वर्ष २०७८÷७९ निति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको थियो । बादेले सभामा सबै वडा कार्यलय सम्म पक्की सडकको पहुंच पु¥याउने, सडका दायाँबायाँ पद यात्रुका लागी पुटफाथ निमार्ण सहित हरियाली प्रर्बद्धन गर्ने,चण्डेश्वरी मार्गदेखी गोसाईथान सम्म १६ सय सिढी सम्पन्न गर्ने, नगर भित्रका मठमन्दिर पाटीपौवा, गुठीपोखरी लगायत पौराणीक, धार्मिक तथा सास्कृतिक सम्पदाहरुको संरक्षणमाजोड दिने, अब्यबस्थित पार्कङ्गिलाई ब्यबस्थित गर्न बहुतले पार्किङ्ग निमार्ण भौतिक पूर्वाधार विकास, फोहोर मैला व्यवस्थापन, लैङ्गकि समानता र सामाजिक समावेशीकरण, भाषा, संस्कृति तथा सम्पदा संरक्षण र प्रवद्र्धन र पर्यटन जस्ता विषयलाई प्राथमिकतामा राखिएको बादेले वताउनु भयो । सभामा उपप्रमुख रेखा सापकोटा दाहालले म बनाउँछु मेरो बनेपा भन्ने नारासहित बजेट प्रस्तुतगर्नु भएको थियो । बजेटले समग्र क्षेत्रमा नागरिकहरुको अभिभावक नगरपालिका भएको महसुस हुने गरी समेटिएको प्रमुख प्रशासकिय अधिकृत कविराज उप्रतीले जानकारी दिनु भयो ।

यसैगरी धुलिखेल नगरपालिकाले आगामी आर्थिक वर्षका लागि १ अर्ब १५ करोड १५ लाख रुपैयाको बजेट प्रस्तुत गरेको छ । कोभिड महामारीको नियन्त्रण तथा ब्यवस्थापन र नागरिकहरुको उपचार, स्वरोजगार, आयआर्जन बृद्धी तथा गरिवी न्यूनिकरणलाई बजेटले प्राथमिकता दिएको छ । ‘आगामी आर्थिक वर्ष भित्र १ सय प्रतिशत खानेपानी उपलब्ध गराउने शहरका रुपमा धुलिखेललाई चिनाउने गरी बजेट विनियोजन भएको छ’–नगर प्रमुख अशोक ब्याञ्जुले भन्नुभयो–‘५ हजार ५ सय ८५ घर धुरीमा खानेपानी सेवा उपलबध भई सकेको छ भने १ हजार १ सय ६७ घर धुरीमा निर्माण कार्य भईरहेको छ ।

बाँकी ३ सय घरधुरीका लागि आगामी आर्थिक वर्ष ३ करोड ६० लाख बजेट विनियोजन भएको छ ।’ कुल विनियोजन बजेट मध्ये चालू खर्च तर्फ ५७ करोड ४५ लाख ७४ हजार अथार्त ४९.९० प्रतिशत र पूँजिगत खर्च तर्फ ५७ करोड ५४ लाख २६ हजार अथार्त ४९.९७ प्रतिशत र वित्तीय ब्यवस्था तर्फ १५ लाख अथार्त ०.१३ प्रतिशत रकम विनियोजन भएको छ ।

बजेटमा रोग विरुद्धको चेतना ब्यक्ति ब्यक्तिमा, रोगको उपचार बस्ति बस्तिमा, कोरोना योद्धा पुरस्कार, स्वास्थ्य बीमा नगरको जिम्मा, पोषण स्वास्थ्यमा नगरको अग्रता, बालबालिका र महिलाको सहभागिता, निशुल्क एम्बुलेन्स सेवा, विपदमा नगरपालिकाको साथ, समुदायमा कोरोना नियन्त्रण कार्यक्रम, कोभिड १९ नियन्त्रण सहकार्य, पोषण विशेष कार्यक्रम, विशेषज्ञ घुम्ति सेवाहरु, कोरोना विरुद्धको खोप, मानसिक रोग तथा मानसिक परामर्श, स्वास्थ्यका लागि ब्यायाम, हाम्रो स्वास्थ्य हाम्रो सरोकार रेडियो कार्यक्रम, आयुर्वेद सेवा विस्तार, स्थानीय जडिबुटी तथा औषधीजन्य खाद्य पदार्थको प्रर्वद्धन गर्ने गरी बजेट विनियोजन भएको छ ।

महिलासँग उपमेयर कार्यक्रम, उपमेयर सुत्केरी तथा गर्भवति पोषण कार्यक्रमको निरन्तरता, टुहुरा संरक्षण कार्यक्रम, अभिभावक शिक्षा कार्यक्रम, अग्रजको अनुभव विकासको जग अवधारणा, ब्यक्तिगत घटना दर्ता सम्वन्धमा देशकै नमूना सिकाई तथा ब्यवस्थापकिय केन्द्रको रुपमा विकास, धुलिखेलको आवाजः छुवाछुतमुक्त समाज अभियान शुरु गरिएको छ ।
नगर सभामा उपप्रमुख विमला कुमारी शर्मा चौलागाईले आर्थिक वर्ष २०७७÷२०७८ को स्थिति समिक्षा प्रस्तुत गर्दै चालु वर्षमा भएका विकास निर्माण तथा कोभिड नियन्त्रणमा नगरपालिकाले गरेका गतिविधिहरुका बारेमा जानकारी गराउनु भएको थियो ।

यस्तै पनौती नगरपालिकाले १ अर्ब ६६ करोडको बजेट विनियोजन गरेको छ । नगरपालिकाले नगर भित्र रहेका न्यूनतम ८० रुपैया महिनामा विजुलीको रकम बुझाउने परिवारको एक वर्षको रकम तिरिदिने घोषणा गरेको छ । नगरपालिका भित्र ५५११ घर परिवारले मासिक ८० रुपैयाका दरले रकम बुझाउँदै आएका छन् ।

आगामी आर्थिक वर्षको साउन महिनामा ५५११ घर परिवारको मासिक ८० रुपैयाका दरले एक वर्षको रकम नगरपालिकाले भुक्तानी गरिदिने छ’–नगर प्रमुख भिम न्यौपानेले बताउनु भयो–‘विजुलीको अलावा विपन्न घर परिवारको उपचारका लागि नगरपालिकाले ६ सय घर परिवार र सहकारी तथा अन्य संघ संस्थाको समन्वयमा १ हजार भन्दा धेरै घर परिवारको स्वास्थ्य विमा गराईनेछ ।’ बजेटमा कोभिडबाट निधन हुने परिवारका सदस्यहरुको हकमा दुख सुखमा साथमै रहने उदेश्यले संस्कार खर्च बापत २५ हजार उपलब्ध गराउने निर्णय भएको प्रमुख न्यौपानेले बताउनु भयो । निरन्तर स्वास्थ्यकर्मीको सम्पर्कमा विरामीहरुलाई राख्ने, निशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने र उपचारमा सहुलियत गरेको छ । विगतका योजनाहरुको निरन्तरता र नयाँ केहि कार्यक्रमहरुलाई आगामी वर्षमा समावेश गरिएको नगर प्रमुख न्यौपानेले बताउनु भयो । नगरका मुख्य सडकहरु बनेपा–पनौती सडक, ललितपुर लाकुरी भन्ज्याङ्ग शंखु कटुञ्जे सडक, पनौती खोपासी सडक निर्माणको कार्य दु्रत गतिमा अगाडी बढाएको जानकारी गराएको छ । खोपासी कामिँडाडा ताल्ढुङ्गा सडकको लागि १० करोड रकम विनियोजन भएको छ ।

पनौती नगरपालिकामा ५५ प्रतिशत योजना चालु वर्षमा सम्पन्न भईसकेका छन् । ७५ प्रतिशत कार्य सम्पन्न हुने विश्वास लिईएको नगर प्रमुख न्यौपानेले बताउनु भयो । भैसी प्रर्वद्धन कार्यक्रमको निरन्तरता भएको छ । ८०६ वटा पाडी वितरण गरिसकिएको छ । तरकारी खेति, बाख्रा पालन, गाई पालन, भैसी पालन, कृषि सामाग्री हस्तान्तरण, बैदेशिक रोजगारबाट फर्किएका युवाहरुलाई रोजगार, भैसी सुत्केरी भत्ता वितरणलाई निरन्तरता दिईएको छ ।

यस्तै मण्डनदेउपुर नगरपालिकाले आर्थिक वर्ष २०७८।७९ का लागि ९९ करोड ५ लाख ९२ हजार १ सय ४२ रुपैयाँको बजेट सार्वजनिक गरेको छ । उक्त बजेट मध्ये चालुतर्फ ५४ करोड २० लाख ९७ हजार १ सय ४२ र पुँजिगत तर्फ ४४ करोड ८४ लाख ९५ हजार रहेको छ । बजेटले शिक्षा स्वस्थ्य र पूर्वाधार विकासलाई प्राथमिकता दिएको नगरप्रमुख टोकबहादुर वाइवाले सार्वजनिक गरेको नीति तथा कार्यक्रम र बजेटमा उल्लेख छ ।
नगरपालिकाले आगामी आर्थिक वर्षका लागि प्रत्येक वडामा पूर्वाधार विकासका लागि ४० लाखका दरले बजेट विनियोजन गरको छ । यसैगरी नयाँगाउँ नगरकोट सडक कालोपत्रे गर्न ८ करोड ३० लाख बजेट छुट्याएको छ । रोहिणी नयाँगाउँ सडक कालोपत्रे गर्न ३ करोड रकम विनियोजन गरेको छ ।

यसैगरी नमोबुद्ध नगरपालिकाले आगामी आर्थिक बर्ष २०७८÷७९ का लागि ६५ करोड ५९ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
नगर प्रमुख टिपी शर्मा तिमल्सिनाले ६५ करोड ५९ लाख ४७ हजार ५ सय ३० रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेका हुन् । जसमध्ये चालुतर्फ ५० करोड ७७ लाख र पुँजीगततर्फ १४ करोड ८२ लाख ४७ हजार ५ सय ३० रुपैयाँ खर्च प्रस्ताव गरिएको छ ।
नगरसभा बैठकमा बजेट नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख तिमल्सिनाले स्थानीय सरकार, उत्तरदायी सरकार, विकाशशील सरकार, जनमुखी सरकार, बलियो सरकार राष्ट्र समृद्धि सरकार हामी सबैको उन्नतिको आधार भन्ने मान्यतासहित आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम तयार पारिएको बताए । नगरपालिकाले आगामी आर्थिक बर्षमा प्रत्येक वडामा एउटा नगर गौरवको आयोजना सञ्चालन गर्ने नीति तय गरेको छ । समृद्ध नगरको अभियानलाई मुर्तरुप दिने गरी नीति तथा कार्यक्रम तय गरिएको र त्यसको प्रभावकारीरुपमा कार्यान्वयन गर्ने नगर प्रमुख तिमल्सिनाले बताए ।
नमोबुद्धले नगरका प्रत्येक वडामा कृषि औजार बैंक स्थापना गर्ने नीति तय गरेको छ भने किसानका गरा सधैं हराभरा मेरो कृषि मेरो पौरख नारासहित आगामी आर्थिक बर्षमा नमोबुद्ध युवा नवप्रवर्तन कृषि कार्यक्रम सञ्चालन गर्ने नीति तय गरेको छ । यस्तै सबै वडामा पशु तथा कृषि बिमा कार्यक्रम विस्तार गर्ने, एक गाउँ एक उत्पादन कार्यक्रम सञ्चालन गर्ने, नगरभित्रै शीत भण्डारको व्यवस्था गर्ने, आधुनिक पशुपंक्षी बधशाला तथा कोल्डस्टोर स्थापनाका लागि पहल गर्ने नगरप्रमुख तिमल्सिनाले जानकारी दिए ।
नगरसभा बैठकमा उपप्रमुख रामदेवी तामाङले चालु आर्थिक बर्षको प्रगति विवरण पेश गरेकी थिइन् । चालु आर्थिक बर्षमा ७१ करोड ५१ लाख ९९ हजार २ सय ७० रुपैयाँ बिनियोजन भएकोमा हालसम्म ३८ करोड ७७ लाख रुपैयाँ खर्च भएको तामाङले जानकारी दिइन् । बैठकमा विधान समिति संयोजक एवं वडा नं. २ का अध्यक्ष सञ्जीव ढकालले विनियोजन विधेयक २०७८, सार्वजनिक लेखा समिति संयोजक एवं वडा नं. १० का अध्यक्ष रामकष्ण अधिकारीले आर्थिक विधेयक २०७८ पेश गरेका थिए ।
त्यसैगरी पाँचखाल नगरपालिकाले नवौ नगरसभाबाट ८९ करोड ५६ लाख २८ हजार ५ सय ४३ रुपैयाको बजेट बजेट प्रस्तुत गरेको छ । कृषि शहर पाँचखाल नगरको नारा लिएको नगरपालिकाले आर्थिक बर्ष ०७८÷७९ को लागि नगरप्रमुख महेश खरेलले पेश गरेका नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको छ ।

सभामा नगरउपप्रमुख लक्ष्मी दनुवारले ८९ करोड ५६ लाख २८ हजार ५ सय ४३ को बजेट प्रस्तुत गरिन । विनियोजित बजेटको खर्च व्यहोर्ने स्रोतमध्ये नेपाल सरकार शसर्त अनुदान २४ करोड ९७ लाख, प्रदेश सरकार शसर्त अनुदान २ करोड १४ लाख, प्रदेश सरकार समपुरक अनुदान ३ करोड, प्रदेश सरकार बिशेष अनुदान ५९ लाख, सामाजिक सुरक्षा १३ करोड, नेपाल सरकार राजश्व बाँडफाँड ८ करोड ४६ लाख गरी बाँडफाड नहुने रकम ४३ करोड ७० लाख रहेको छ ।
त्यसैगरी बाँडफाड गर्न योग्य ३१ करोड ९२ लाख ७८ हजार ५ सय ४३ रहेको छ । जसमध्य बजेटको स्रोत नेपाल सरकार राजश्व बाँडफाड ८ करोड ४६ लाख, नेपाल सरकार समानिकरण अनुदान १३ करोड २१ लाख, प्रदेश सरकार समानिकरण अनुदान १ करोड १३ लाख ४४ हजार, प्रदेश सरकार राजश्व बाँडफाड ३ करोड ७० लाख ८४ हजार ५ सय ४३, अल्या स्रोत १ लाख ५० हजार, आन्तरिक स्रोत ५ करोड र सडक बोर्ड ४० लाख समेत गरी ३१ करोड ९२ लाख ७८ हजार ५ सय ४३ बाँडफाँड योग्य बजेट विनियोजन गरीएको छ । त्यसैगरी विबिध स्रोतको अनुमान १३ करोड ९३ लाख ५० हजार रहेको छ ।
त्यसैगरी अनुमानित खर्च तर्फ प्रशासनिक १४ करोड ६ लाख २८ हजार ५४३ रुपैया, ०७७÷०७८ को दायित्व (टेण्डर) ४ करोड, ०७७÷०७८ को दायित्व (उपभोक्ता समिति र अन्य) ३ करोड, बिपद व्यवस्थापन कोष १ करोड, नगर स्तरिय आकस्मिक योजना १ करोड, प्रदेश समपुरक योजना ३ करोड, संघिय—अन्य समपुरक योजना ५ करोड, कोरोना रोकथाम नियन्त्रण कार्य १ करोड, नगरस्तरिय योजनाको परियोजना अध्ययन प्रतिवेदन ३० लाख, (वडा, नगर,बिषयगत) गौरवका योजना तथा कार्यक्रम ७ करोड गरी बिषयगत खर्च ६५ करोड रहेको छ ।

चौंरीदेउराली गाउँपालिकाका अध्यक्ष दिननाथ गौतमले गाउँसभामा आर्थिक वर्ष २०७८।७९ को वार्षिक नीति कार्यक्रम कार्यान्वयनका लागि ४७ करोड २६ लाख ३१ हजारको अनुमानित बजेट पेश गर्नुभएको छ ।
गाउँपालिका अध्यक्ष गौतमका अनुसार जनसंख्या, भुगोल र क्षेत्रका आधारमा वडा भरीका योजनाहरुलाई प्राथमिकीकरण गरेर विनियोजन गर्नका लागि वडाहरुमा समेत न्यूनतम बजेटको व्यवस्था गरेको छ । जस अनुसार वडा नं. १, २ र ९ का लागि प्रति वडा ३५ लाखका दरले, वडा नं. ७, ८ र ४ का लागि प्रति वडा ४० लाखका दरले र वडा नं. ५, ६ र ७ का लागि प्रति वडा ४५ लाखका दरले विनियोजन गरिएको छ ।
यसैगरी भुम्लु गाउँपालिकामा ५३ करोड, ७५ लाख ८ हजारको बजेट प्रस्तुत भएको छ । गाउँ सभामा पालिका प्रमुख गुमानध्वज कुँवरले नीति, कार्यक्रम र उपाध्यक्ष कल्पना श्रेष्ठले बजेट पेश गरेका थिए ।
त्यस्तै खानीखोला गाउँपालिकाले आगामी आर्थिक बर्षका लागि ४६ करोड २८ लाख ७६ हजारको बजेट प्रस्तुत गरेको छ । गाउँसभामा पालिका उपाध्यक्ष रुक्मणी गुरुङले बजेट प्रस्तुत गरेकी थिइन् । यही बजेट अन्र्तगत आगामी आर्थिक बर्षमा कृषि, शिक्षा, स्वास्थ्य र स्वरोजगार कार्यक्रमहरु गरिने अध्यक्ष कृष्ण बहादुर खुलालले जानकारी दिनु भयो ।

यस्तै महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्वाले भौगोलिक विकटता रहेको र यातायात, खानेपानी लगायतका समस्या रहेकाले पूर्वधारसँगै कोभिड–१९ नियन्त्रण, स्वास्थ्य, कृषि र शिक्षालाई प्राथमिकता दिएर निति, कार्यक्रम र बजेट तयार गरेको बताउनु भयो । महाभारत गाउँपालिकाको गाउँसभामा ५४ करोड ५९ लाख ३४ हजार को बजेटको प्रस्ताव भएको छ । बजेट उपाध्यक्ष चेतकुमारी माझीले प्रस्तुत गर्नु भएको थियो ।

त्यसैगरी रोशी गाउँपालिका अध्यक्ष डिबी लामाले नवौं गाउँसभामा नीति तथा कार्यक्रम सर्वजनिक गर्नु भएको छ ।
पालिका उपाध्यक्ष लक्ष्मी उप्रेती बर्तौलाले आगामी आर्थिक वर्षका लागि ६४ करोड ४३ लाख ३१ हजार को बजेट सार्वजनिक गर्दा आन्तरिक आयबाट एक करोड २८ लाख ६० हजार, राजस्व बाँडफाँडबाट १४ करोड ७४ लाख ९७ हजार, संघिय सरकार समानीकरणबाट १० करोड ८७ लाख, सशर्त, विशेष, समपुरक अनुदान ३१ करोड प्राप्त हुने प्रक्षेपण गरिएको छ ।
नीति तथा कार्यक्रममा पूर्वधार विकास तर्फ आगामी आर्थिक बर्षमा गाउँपालिकाको स्थाई भवन निर्मााण गर्ने र रोशी गाउँपालिकामा निर्माणाधिन औद्योगिक ग्राम तथा १० वेडको अस्पतालको निर्माणको लागि आवश्यक बजेट तथा संस्थागत संरचनाको सुनिश्चितता गर्ने लागएतको कार्यक्रम रहेको अध्यक्ष लामाले जानकारी दिनुभयो ।
यसैगरी तेमाल गाउँपालिकाको नवौं गाउँ सभामा आर्थिक वर्ष २०७८÷७९ को नीति, कार्यक्रम तथा बजेट स्वीकृतिका प्रस्तुत भएको छ । गाउँसभाको सुरुवात गर्दै पालिका अध्यक्ष सलाम सिं तामाङले आ.व. २०७८÷०७९ को लागि नीति तथा कार्यक्रम पेश गर्नुभयो ।

त्यस्तै बेथानचोक गाउँपालिकाले आर्थिक बर्ष २०७८÷७९ को नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ । नवौं गाउँसभामा गाउँपालिकालका अध्यक्ष प्रेमबहादुर तिमल्सिनाले नीति कार्यक्रम र उपाध्यक्ष सरिता लामिच्छानेले बजेट पेश गर्नुभयो ।
बेथानचोक गाउँपालिकाले ५२ करोड ५१ लाख ४२ हजार ५५१ रुपियाँको बजेट ल्याएको छ । गाउँपालिकाले भौगोलिकता, जनसंख्या लगायतलाई प्राथमिकता दिएर बजेट पेश गरेको जनाएको छ । गाउँपालिकाले वडा न १ मा ६० लाख, वडा न २ र ३ लाख ७०÷७० लाख, वडा न ४ लाई एक करोड ४५ लाख, वडा न ५ मा ७५ लाख र वडा न ६ मा ८० लाख रुपियाँ बजेट विनियोजन भएको छ । त्यस्तै शिक्षामा एक करोड २० लाख, महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखालाई ४० लाख, पशुपक्षी सेवा शाखामा ८५ लाख, खेलकुद शाखा २० लाख, स्वास्थ्य शाखामा एक करोड २० लाख, कृषि शाखामा एक करोड, प्रधानमन्त्री रोजगार कार्यक्रममा १० लाख, न्यायिक समिति २० लाख लगायतमा बजेट विनियोजन भएको छ । प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारीले गाउँसभाको सहजिकरण गर्नुभएको थियो । –नव क्षितिज साप्ताहिकबाट

प्रतिक्रिया दिनुहोस्