तेमाल गाउँपालिका ३ लाई स्वास्थ्य सामाग्री हस्तान्तरण


काभ्रेपलान्चोक – तेमाल गाउँपालिकाको वडा नम्बर ३ को स्वास्थ्य चौकी लाई विभिन्न दाताहरुले स्वास्थ्य सामाग्री सहयोग गरेका छन । तेमाल गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष बिष्णु बहादुर तामाङको विशेष पहलमा स्वस्थ्य चौकी तेमाल -३ सरमथली लाई स्वास्थ्य सामाग्री आएको थियो ।

स्वस्थ्य सामाग्री पर्सुराम पन्तको सक्रियतामा सहयोगमा शितल थपलिया गोगँबु ,सजिना राई यु के, चाइनिज sri-yangruixin, शाशि गार्मेन्ट का प्रेम राज नरल, कमल प्रसाद, रबिन पन्त ,बलराम पन्त , तेमाल -३ का वडा अध्यक्ष बिष्णु बाहादुर तामाङको विशेष सहयोगमा आएको हो ।

१. पी पी सेट – ४ थान
२. मास्क २७५ थान
३. सेनिटाइजर २७५ थान
४. साबुन २७५ थान
५. सन्चो विष २७५ थान
६. प्राथमिक उपचारका भिटामिन औषधी १ बक्स
७.अक्सिजन चेक मेसिन गर्ने २ थान

श्री बृहत धर्मिक मनहरि धाम सस्थको रोहवरमा स्वस्थ्य चौकी तेमाल -३ सरमथली लाई स्वास्थ्य सामाग्री सहयोग स्वरुप हस्तान्तरण गरियो थियो । तेमाल गाउँपालिका वडा नम्बर ३ को वडा अध्यक्ष बिष्णु बहादुर तामाङले सम्पुर्ण सहयोगहरु लाई धेरै धेरै धन्यवाद दिनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्