यही २०७७ साल मङ्सिर २० गते शनिवार बिहान ९ः०० बजे देखि दिउँसो २ः०० सम्म बनेपा हेल्थ केयर बनेपा काभ्रेमा बिशेषज्ञ सेवाहरु उपलब्ध हुने भएकोले समस्त सेवाग्राही महानुभावहरुलाई समयमै आफ्नो नाम दर्ता गरी मौकाको फाईदा उठाउनु हुन बनेपा हेल्थ केयरले अनुरोध गरेको छ ।
हेल्थ केयरका संचालक जितेन्द्र थापाका अनुसार मङ्सिर २० गते शनिवार बनेपा हेल्थ केयरमा डा. अनुपमा कार्की कुँवर ( वरिष्ठ छाला, यौन तथा सौन्दर्य रोग विशेषज्ञ ) र डा. प्रजय शिखर श्रेष्ठ ( वरिष्ठ मधुमेह (सुगर) तथा थाईराइड विशेषज्ञबाट बिशेष सेवा प्रदान हुने छ । सेवा लिनका लागि बनेपा हेल्थ केयर प्रा.लि.बनेपा–८, काभ्रे (मयूर हल जाने हाइवे चोकमा सानिमा बैंक सँगै) ०११–६६२१६२, ९८६९४१८२६४ सम्पर्क गर्नुहोला ।

यो संगै बनेपा हेल्थ केयरले बिबिध स्वास्थ्य सेवा दिदैं आएको छ । पछिल्लो केहि समय देखि बनेपा हेल्थ केयर सेन्टरले कोभिड संक्रमितलाई समेत घरमै सेवा दिदै आएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्र्तगत स्वास्थ्य सेवा विभागको उपचारात्मक सेवा महाशाखाले बनेपा हेल्थ केयरलाई कोभिडका विरामीहरुलाई घर घरमै पुगेर टेलिमेडिसिन मार्फत स्वास्थ्य सेवा प्रदान गर्न अनुमति प्रदान गरे संगै बनेपा हेल्थ केयरले २४ सै घण्टा कोभिडका विरामीहरुलाई परामर्श सेवा, अस्पताल प्रेषण सेवा, अक्सिजन थेरापीको लागि परामर्श, संक्रमणको पूर्व तयारी सम्वन्धी सल्लाह तथा आवश्यकता अनुसार उपचारसँग सम्वन्धित अन्य सेवाहरु उपलब्ध गराउने गरेको छ ।